राजनीति

संसदमा प्रधानमन्त्रीले भने- पुनःनिर्माणको काममा दलीयकरण छैन, कांग्रेसको बुझेन चित्त

फोटोः रत्न श्रेष्ठ/रासस
असार १५, २०७३

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट क्षति भएका संरचनाको पुनःनिर्माणको काम पारदर्शी रुपमा अघि बढिरहेको र राजनीतिक आस्थाका आधारमा कसैलाई भेद्भाव नगरिएको स्पष्ट पारेका छन्। 

    व्यवस्थापिका–संसद्को बुधबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले पुनःनिर्माण प्राधिकरणले दलीय आस्थाका आधारमा काम नगरेको र हरेक काम पारदर्शी रुपमा अघि बढिरहेको बताए।  

    प्रम ओलीले भने, ‘प्राधिकरणको निर्णयबाट एक दललाई बढी फाइदा र अर्को दललाई घाटा हुने कुनै काम कहीँ कतै भएको छैन, अगामी दिनमा पनि हुने छैन।‘ 

    ‘अहिलेको प्राथमिकता भनेको खुला आकासमुनि रहेका जनतालाई आवास निर्माण गरी सुरक्षित बनाउनु नै हो’, उनले भने। 

    प्रम ओलीले पुनःनिर्माणका कामलाई तीव्रता दिने विषय छ भने कार्ययोजनालाई परिमार्जन गर्न सकिने चर्चा गर्दै अहिले सबैको चिन्ता भनेको छिटो घर निर्माण गर्न र पीडितलाई राहत प्रदान गर्नु नै हुनुपर्नेमा जोड दिए।  

    विगतमा नाकाबन्दीका कारण इन्धन सङ्कट हुँदा निर्माण समाग्री जुटाउन केही व्यवधान आइपरेको भएपनि अहिले पुनःनिर्माणको काम तीव्ररुपमा अधि बढिरहेको प्रधानमन्त्रीको भनाइ छ। 

    प्रम ओलीले अनुदान सहयोगलाई सहज र सरल तुल्याउन दातृ निकायसित परामर्श गरी निर्देशिका परिमार्जन गर्न सरकारलाई कुनै आपत्ति नभएको बताए।

    उनले घर बनाउन एकमुष्ट एक लाख ५० हजार रुपैयाँ र दोस्रो किस्ताबापत ५० हजार रुपैयाँ उपलब्ध गराउन सकिने जानकारी दिए।

    प्रम ओलीले घर बनाउन प्रदान गरिएको रकम दुरुपयोग रोक्न, झुटो विवरण दिनेलाई कारबाही गर्न र बैँकको प्रक्रियालाई सरलीकृत बनाउन कार्यविधि परिमार्जन गरिने जानकारी दिए।  

    जनतालाई छिटो र सहुलियत ढङ्गबाट अनुदान पुर्‍याउनुपर्छ भन्नेमा कुनै दुईमत नरहेको चर्चा गर्दै प्रम ओलीले भने, ‘यस्तो बेलामा हामी सबैको एकतावद्ध प्रयास र समझदारीको आवश्यकता छ।‘ 

    देश सङ्क्रमणकालमा रहेकाले छिटो पार लगाएर अघि बढ्न आवश्यक रहेको बताउँदै उनले प्रतिपक्षले उठाएका जायज माग पूरा गर्न सरकार कटिवद्ध रहेको बताए।

    आन्दोलनरत मधेशवादी दललाई सम्बादमा आउन पनि प्रधानमन्त्री ओलीले संसदमार्फत् पुनः आग्रह गरे।

    प्रधानमन्त्रीले बैठकलाई सम्बोधन गरिरहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले भूकम्पपीडितलाई दिने रकमको बारेमा प्रधानमन्त्रीको भनाइ स्पष्ट नभएको भन्दै प्रष्टीकरणको माग गरेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]