सामाजिक सञ्जाल सगुनमा लगानीको अवसर
असार १६, २०७३
काठमाडौं : नेपाली लगानीमा अमेरिकामा स्थापित सामाजिक सञ्जाल सगुन डट कमले कम्पनीको पहिलो चरणको आइपिओमा इच्छुक तथा योग्य लगानीकर्ताका लागि लगानीको अवसर खुल्ला गरेको छ।
वासिङ्टन डिसीमा प्रधान कार्यालय रहेको सगुनले लगानी गर्न चाहने योग्य लगानीकर्तालाई कम्तीमा पाँच हजार र बढीमा १८ हजार अमेरिकी डलर लगानी गर्ने अवसर प्रदान गरेको सगुनको नेपाल कार्यालयले जानकारी दिएको छ।
‘प्रयोगकर्तामाझ पुगेर सगुनलाई एउटा उदाहरणीय सामाजिक सञ्जाल बनाउन र अन्य सामाजिक सञ्जालमा प्रयोगकर्ताले भोग्नुपर्ने नकारात्मक अनुभव हटाउनका लागि हामी लागिपरेका छौँ’, सगुनका संस्थापक गोविन्द गिरीले भने।
उनले विश्व बदल्ने लक्ष्य लिएको सगुनमा सार्वजनिक सहभागिता जनाएर सहकार्य गर्न लगानीको मौका प्रदान गरिएको बताए।
सामाजिक सञ्जाल सगुनले विश्वभर रहेका लगानीकर्तालाई इक्विटी क्राउडफन्डिङ पहलमा बैंकरोलमार्फत अवसर प्रदान गरिरहेको कम्पनीले जनाएको छ। सेयर खरिदबाट आएको पुँजीबाट सगुनको प्रयोगकर्ता विस्तार गर्ने, थप नयाँ विशेषता बढाउँदै जाने र मोबाइल एपको सुरुवात गरिने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।