समाज

अबिरल वर्षापछि गोरखाको उइया र केरौँजामा पहिरो, १७२ घरपरिवार विस्थापित

असार १६, २०७३

    काठमाडौं : अबिरल वर्षाका कारण पहिरो जाँदा गोरखाको उइया र केरौँजा गाविसका १७२ घरपरिवार विस्थापित भएका छन्। मंगलार रातभर परेको वर्षाका कारण यी दुई गाविस पहिरोको उच्च जोखिममा परेपछि स्थानीयबासीहरुलाई सुरक्षित ठाउँमा सारिएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।

    शर्माका अनुसार पहिरोले एउटा घर पुरेको छ। गत वर्ष गएको भूकम्पले जमिनमा धाँजा फाटेको र खुकुलो जमिनमा ठूलो पानी पर्दा पहिरो गएको हो। उइया गाविसका २१ घरपरिवार र केरौँजा गाविसका १५१ घरपरिवारलाई गाउँ नजिकै सुरक्षित ठाउँमा अस्थायी बसोबारको व्यवस्था मिलाइएको सहायक प्रजिअ शर्माले बताए।

    ‘हामीले थाहा पाउने बित्तिकै प्रहरी पठाएर बुझ्न लगायौँ। मानवीय क्षति भएन, जीवजन्तुलाई पनि केही भएको छैन’, उनले भने, ‘वर्षाका बेलामा जतिबेला पनि पहिरोजान सक्ने भएकोले घरमा कोही पनि नबसेको उनले बताए।

    पहिरोको जोखिमबाट विस्थापित भएकाहरुलाई तत्काल अस्थायी बसोबासको व्यवस्था गरे पनि वर्षाभरी अस्थायी रुपमा राख्ने सम्भावना नभएको सहायक प्रजिअ शर्माले बताए। ‘सधैँभर यसरी राख्न सकिन्न। तत्काल उहाँहरु पनि आफ्नो थातथलो छोडेर जान सक्ने अवस्था छैन’, उनले भने, ‘कुरा गोरखाको मात्र होइन, भूकम्प गएका सबै ठाउँमा यस्तै अवस्था छ। दीर्घकालीन हिसाबे नै सोच्नुपर्ने छ।‘

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]