समाज : सुरक्षा/अपराध

आफैले जन्माएको बच्चा मारेको आरोपमा महिला पक्राउ

सांकेतिक फोटो
असार १६, २०७३

    भोजपुर :  आफैले जन्म दिएको शिशु हत्या गरेको आरोपमा भोजपुर जिल्ला दोभाने गाविसकी एक महिला पक्राउ परेकी छिन्। 

    अवैध सम्बन्धबाट जन्मिएको शिशुको घाँटी थिचेर हत्या गरेको आरोपमा दोभाने–२ थुम्लुङकी ४० वर्षीया मैयाँ तामाङलाई प्रहरीले पक्राउ गरी बुधबार सदरमुकाम ल्याएको छ। पाँच वर्षअघि श्रीमानको मृत्यु भएर एकल जीवन बिताउँदै आएकी मैयाँले अवैध गर्भधारण गरी जन्मेको नवजात शिशुलाई असार ९ गते हत्या गरेकी थिइन्। 

    हत्या गरेपछि गाईलाई दिन राखेको घाँसको थ्रुपोमा उनकी छोरीले मृत अवस्थामा नवजात शिशुको लास भेटेकी थिइन् । मृत अवस्थामा नवजात शिशुको लास भेटेपछि छोरीले गाउँलेलाई खबर गरेकी थिइन्। मैयाँले बच्चा जन्माएपछि मुख थुनेर हत्या गरेको प्रहरीसँग स्वीकार गरेकी छिन्। कसको गर्भ बोकेको हो भनेर आरोपीले यकिन गर्न नसकेको प्रहरीले बताएको छ। 

    मृतक नवजात शिशुको शव परीक्षण बुधबार जिल्ला अस्पताल भोजपुरमा भएको छ। अनुसन्धानपछि प्रहरीले मैयाँलाई घरैबाट पक्राउ गरेको हो। आरोपी महिलालाई कानुनअनुसार कारबाही प्रक्रिया थालिने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पञ्चलाल गोलेले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]