राजनीति

आज पनि मधेसी मोर्चाले गर्‍यो संसद बहिस्कार

असार १६, २०७३

    काठमाडौं : संविधानका कतिपय विषयमा असन्तुष्टी राख्दै आन्दोलरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका–संसद्को आजको बैठक बहिष्कार गरेको छ। 

    सभामुख ओनसरी घर्तीले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ मोर्चामा आबद्ध आन्दोलनरत दलका सांसदहरुले उठेर विरोध जनाएका थिए। त्यसलगत्तै सभामुख घर्तीले सांसद दिलबहादुर नेपालीलाई बोल्न समय दिइन्।

    सांसद नेपालीले विश्वव्यापी संविधान निर्माणको लोकतान्त्रिक मूल्य मान्यतालाई बेवास्ता गर्दै दु्रतमार्गको नाममा जनताको अधिकार खोसेर घोषणा गरिएको संविधान आफूहरुलाई स्वीकार्य नहुने बताए।  

    संविधानले समानुपातिक र समावेशी सहभागिताको सुनिश्चितता नगरेको हुँदा आफूहरु जनताको मुद्दा स्थापित गराउन निरन्तर रुपमा आन्दोलन गर्दै आएको सदनलाई जानकारी गराउँदै उनले बिहीबारको बैठक बहिष्कार गरेको घोषणा गरे।

    बहिष्कारको घोषणासँगै मोर्चासँग आबद्ध राजनीतिक दलका सांसदहरु बैठकबाट बाहिरिएका थिए। आन्दोलनरत पक्षका माग संविधान संशोधनमार्फत सम्बोधन गर्न मोर्चाले सरकारलाई आग्रह गर्दै सदनको बैठक निरन्तर रुपमा केही समयदेखि बहिष्कार गर्दै आएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]