समाज : सुरक्षा/अपराध

विष सेवनबाट पत्नीको मृत्यु, पतिको उपचार हुँदै

असार १६, २०७३

    डडेल्धुरा : डडेल्धुराको चिपुर गाविसका एक वृद्ध दम्पतीले विष सेवन गर्दा श्रीमतीको मृत्यु भएको छ। छोराबुहारीसँगको मनमुटावका कारण चिपुर वडा नं २ का ६५ वर्षीय शङ्कर भट्ट र उनकी श्रीमती ५५ वर्षीया धनादेवी भट्टले बुधबार साँझ विष सेवन गरेको प्रहरीले जनाएको छ। 

    विष सेवनबाट धनादेवीको मृत्यु भइसकेको छ भने उनका श्रीमान शङ्करको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ। घरमा छोरा बुहारीसँगको मनमुटावपछि वृद्ध दम्पतीले विष सेवन गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

    छोराबुहारीले सँधै मानसिक यातना दिने गरेका कारणले विष सेवन गरेको उपचारमा रहेका शङ्करले बताएको कुरा उद्धृत गर्दै जिल्ला प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]