खेलकुद

प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुद हुने

असार १६, २०७३

    काठमाडौं : प्रथम प्रधानमन्त्री कप विश्वविद्यालयस्तरीय राष्ट्रिय खेलकुद असार २७ गते सुरु हुने भएको छ। राष्ट्रिय खेलकुद परिषदको आयोजनामा हुने प्रतियोगितामा पुरुष भलिबल र बास्केटबल तथा पुरुष/महिला ब्याडमिन्टन, टेबल टेनिस र बुद्धिचालको प्रतिस्पर्धा हुनेछ।

    भलिबल त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हल, बास्केटबल त्रिपुरेश्वरस्थित राखेपको ओलम्पियन सेमी कभर्डहल, ब्याडमिन्टन र बुद्धिचाल सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर तथा टेबलटेनिस लैनचौस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ।

    तीन दिनसम्म हुने प्रतियोगितामा विभिन्न ८ विश्वविद्यालयका २ सय ८ खेलाडी सहभागी हुने राखेप अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृत मीन शर्माले जानकारी दिए।

    प्रतियोगितालाई सफल बनाउन राष्ट्रिय खेलकुद परिषदका सदस्य गंगाबहादुर थापाको संयोजकत्वमा १६ सदस्यीय प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिएको छ। प्रतियोगिताको अनुमानित बजेट ३५ लाख रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]