राजनीति

प्रचण्डले भने- कांग्रेस र एमालेले प्रस्ताव गरे सरकारको नेतृत्व लिन तयार छु

असार १६, २०७३

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र नेपाली कांग्रेसले प्रस्ताव गरे सरकारको नेतृत्व लिन तयार रहेको बताएका छन्। भूकम्पपछिको पुनर्निर्माण, मधेसका समस्या समाधान र संविधान कार्यान्वयन गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउँदै प्रचण्डले राष्ट्रिय सरकार गठनका तीन विकल्प अघि सारेका छन्।

    बिहीबार बाँकेमा आयोजित कार्यक्रममा प्रचण्डले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्ने पहिलो विकल्प सुनाए। ओलीको नेतृत्वमा सरकार गठन हुन नसके संसदमा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने र त्यो पनि हुन नसके कांग्रेस र एमालेको प्रस्तावमा आफ्नो नेतृत्वमा सरकार गठन गर्ने विकल्प प्रचण्डले अघि सारे।

    ‘ओलीजीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गरौँ, नभए शेरबहादुरजीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाऔँ’, प्रचण्डले भने, ‘नभए दुबैले प्रस्ताव गर्ने हो भने हामी पनि राष्ट्रिय सहमतिको सरकारको नेतृत्व लिन तयार छौँ।‘

    प्रचण्डले संविधान कार्यान्वयन गर्न, शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न, मधेस र जनजाति लगायतले उठाएका माग सम्बोधन गर्न राष्ट्रिय सहमतिको खाँचो रहेको बताए। राष्ट्रिय सहमतिले मात्र देशका समस्या समाधान गर्न सकिने प्रचण्डको भनाई छ।

    भूकम्पपछिको पुनर्निर्माणको कामलाई प्रभावकारी ढंगले अगाडि बढाउन नसक्नुको कारण राष्ट्रिय एकताको अभाव भएको प्रचण्डले बताए। ‘देश अहिले पनि अप्ठ्यारोमा छ। यसको निम्ति राष्ट्रिय एकताको खाँचो छ’, उनले भने।

    प्रचण्डले राजनीतिक नेतृत्वमा देखापरेको अहंकारले गर्दा राष्ट्रिय एकता कायम गर्न समस्या देखा परेको बताए। ‘यो स्थितिले राष्ट्र निकै अप्ठेरोमा पर्ने खतरा देखिएको छ। यसको अन्त्यको निम्ति पनि राष्ट्रिय एकताकै खाँचो छ’, प्रचण्डले भने, ‘राष्ट्रिय एकता कायम गरी राष्ट्रिय सहमतिको सरकार निर्माण अहिलेको अनिवार्य आवश्यकता हो।‘

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]