समाज : धर्म संस्कृति

धमाधम निर्माण हुँदै गोसाइँकुण्ड पैदल मार्ग

तीर्थयात्री र पर्यटकलाई यात्रामा सहज

फोटो साभारः icimod.org
जेठ ११, २०७३

    धुन्चे (रसुवा) : गोसाइँकुण्ड जाने यात्रुलाई सहज होस् भन्ने उद्देश्यले सुरु गरिएको पैदल मार्ग निर्माण कार्य धमाधम अगाडि बढेको छ। 

    लाङटाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र सहयोग आयोजनाले स्याफ्रु गाविसको तिवारी खोला नदी किनारमा सो पैदलमार्ग बनाउन लागेको हो। यो मार्ग निर्माणसँगै गोसाइँकुण्ड जाने हजारौँ तीर्थयात्री र पर्यटकलाई यात्रामा सहज हुनेछ। 

    आयोजनाको कार्यक्रम संयोजक गौतम पौडेलका अनुसार कुण्ड जाँदा उकालो लाग्ने प्रवेशद्वारमै भिर भएको र त्यस भिरबाट हिँड्न असहज भएका कारण नदी किनारको कुनाबाट ग्याबिन तारको जालीमा ढुङ्गा भरी नयाँ पैदलमार्ग निर्माण गर्न लागिएको र हालसम्म ५० प्रतिशत कार्य पूरा भएको छ।

    सो पैदलयात्रा यही महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढी रहेको अबका दिनमा गोसाइँकुण्ड जाने सबै यात्रु उच्च मनोबलका साथ सहजरुपमा हिँड्न सक्नेछन्। रासस 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]