समाज

नेपाल-भारत ईपीजी बैठक आजदेखि

असार २०, २०७३

    काठमाडौँ : नेपाल र भारतबीच १९५० को सन्धिलगायत सबै विषयमाथि अध्ययन गरी प्रतिवेदन पेश गर्नका लागि गठन गरिएको प्रबुद्ध व्यक्ति समूह(इपीजी)को पहिलो बैठक आज सोमबारबाट सुरू हुँदैछ । 

    दुवै पक्षका विज्ञ समूहले आफ्नो धारणा राख्नुका साथै त्यसमा विषयगत समीक्षा हुने दुई दिने बैठकमा दुईपक्षीय सम्बन्धका एजेण्डा तय गरिने छ । बैठकमा सहभागी हुनका लागि भारतीय टोली आईतबार काठमाडौँ आईपुगेको छ ।

    दुईपक्षीय बैठकले तय गरेका र कार्यान्वयनमा आउन नसकेका सन्धी-सम्झौताका विषयहरूमा समेत छलफल गर्नेछ । यस्तै, हरेक वर्ष नेपाल र भारतबीच हुने सन्धी-सम्झौताको कार्यान्वयनका सम्बन्धमा पनि दुई देशका विज्ञबीच छलफल हुनेछ । 

    प्रबुद्ध टोलीमा नेपालका तर्फबाट पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापा संयोजक तथा पूर्वमन्त्री नीलाम्बर आचार्य, सांसद राजन भट्टराई र पूर्वसचिव एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय सदस्य रहेका छन् ।

    त्यस्तै, भारतले सांसद भगतसिंह कोसियारीको संयोजकत्वमा पूर्वराजदूत जयन्तप्रसाद, प्राध्यापक बिसी उप्रेती र प्राध्यापक महेन्द्र पी लामा सदस्य रहेको समूह गठन गरेको छ ।

    प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दिल्लीमा भएको औपचारिक वार्तापछि जारी सातबुँदे सहमतिपत्रको सातौँ बुँदामा भारतले गठन गरेको समूहको नाम सार्वजनिक गरिएको थियो । 

    तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई ३–६ कात्तिक ०६८ मा भारत भ्रमणका क्रममा १९५० को सन्धिलगायतका विषय विज्ञ समूह (इपिजी) गठन गरेर तय गर्ने सहमति भएको थियो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]