समाज

९ कक्षामा पढ्ने किशोर १८ दिनदेखि बेपत्ता

असार २०, २०७३

    बैतडी : बैतडी जिल्लाको पाटन नगरपालिका–१० धनचुलीका बेपत्ता एक बालक १८ दिनसम्म पनि भेटिएका छैनन्। 

    स्थानीय दुर्गास्थान उच्च माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १४ वर्षिय बालक सुनिल चन्द १८ दिनदेखि बेपत्ता भएका छन्। 

    असार ३ गते बिहानै घरबाट स्कुल जान्छु भनी निस्किएका चन्द अहिलेसम्म सम्पर्कमा नआएको बेपत्ता बालकका बुबा हर्कबहादुर चन्दले जानकारी दिए। 

    'असार ३ गते शुक्रबार बिहान घरबाट स्कुल जान्छु भनी हिँडेको हो' उनले भने 'अहिलेसम्म सम्पर्कमा आएको छैन, आफन्त, नातागोतालगायत सबैतिर खोजी गर्‍यौं तर केही पत्तो लागेन।' 

    'भारततिर गयो भन्ने सुनेका छौं' हर्कबहादुरले भने 'कतै दलालको हातमा पर्‍यो कि भन्ने चिन्ता लागेको छ।' बेपत्ता छोराको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय बैतडीमा निवेदन दिए तापनि अहिलेसम्म केही पत्ता लाग्न नसकेको उनले बताए।  

    बेपत्ता बनेका आफ्ना छोराको खोजी गरिदिन उनले सबैसँग आग्रह गरे। भारत गएको आशङ्कामा भारतका विभिन्न सहरमा पनि खोजी गर्नुका साथै भारतमा बालबालिका उद्घार गर्ने संस्थासँग समन्वय गरी खोजी कार्य जारी राखेको बेपत्ता बालकका मामा देवबहादुर चन्दले बताए।  

    बालक गहुँगोरो वर्ण, पाँच फिट उचाइ, खैरो कपाल भएका, रातो हाप टिसर्ट र जिन्स पाइन्ट, चप्पल लगाएको अवस्थामा हराएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलले बेपत्ता बालकको हुलियासहित खोजी कार्य जारी राखिएको बताए।  

    बैतडी जिल्ला भारतसँग सीमा जोडिएको जिल्ला भएकाले सिमानाका झुलाघाट र भारतीय प्रहरीसँग समन्वय गरी बेपत्ता बालकको खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। पछिल्लो समय बैतडीमा बालक बेपत्ता हुने क्रम बढ्दै गइरहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]