

पाल्पा-२/प्रतिनिधिसभा सदस्य

दल | नेकपा एमाले |
---|---|
पद | प्रतिनिधिसभा सदस्य |
उम्मेदवारी दिँदाको उमेर | - |
प्राप्त मत | ३४८९९ |
लिङ्ग | पुरुष |
हालको पद | - |
शैक्षिक योग्यता: | - |
पाल्पा जिल्लाको तानसेन नगरपालिका–९ मदनपोखराको डाँडाडुम भन्ने गाउँमा २०१२ सालमा जन्मिएका हुन्। कानुन विषयमा स्नातक गरेका पाण्डे साविकको दमकडा माध्यमिक विद्यालयका संस्थापक शिक्षक अर्थात प्रधानाध्यापक समेत हुन्। उनी श्रीनगर साप्ताहिक पत्रिकाको प्रधानसम्पादक भएर काम गरेको समेत बताउँछन्। २०२८ सालदेखि राजनितिमा सक्रिय चासो राखेका उनी २०३१ देखि ३७ सालसम्म पार्टीको गाउँ कमिटी सदस्य र उपसचिव पदमा रहेर संगठित रुपमा काम गरेका थिए।
२०४४ सालमा उनी पार्टीको जिल्ला कमिटी सदस्य बनेका थिए। २०३६ सालको जनमत संग्रह र विभिन्न आन्दोलनमा सहभागी भएकै कारण केहि समय जेल जिवन बिताएको उनले बताए। राजनीतिसंगै पाण्डे २०४८ साल देखि ५१ सालसम्म दुई कार्यकाल नेपाल बार एसोसिएसन पाल्पाको अध्यक्ष भएर काम पनि गरेका थिए। बार अध्यक्षको कार्यकाल चलिरहँदा पाल्पा क्षेत्र नम्बर २ बाट उनी २०५१ सालमा संसदीय निर्वाचनमा लडेका थिए।
त्यतिबेला गम्भीरजंग कार्कीसँग चुनावमा प्रतिस्पर्धा गरेका उनी विजयी पनि भए। यस्तै २०५६ सालमा भएको निर्वाचनमा नेपाली कांग्रेसका राजनप्रसाद पन्तलाई पराजित गरेका उनी २०६४ सालको निर्वाचनमा भने तत्कालिन एकीकृत नेकपा माओवादीका लिला सोमैसँग पराजित भएका थिए। २०७० सालमा भएको निर्वाचनमा भने नेपाली कांग्रेसका वीरबहादुर रानालाई पराजित गरी सांसद बन्न सफल भएका थिए। त्यही अवधिमा पाण्डे उद्योमन्त्री समेत बने। अहिले उनी नेकपा एमालेको केन्द्रिय सदस्य र पाल्पा जिल्ला इन्चार्ज भएर पार्टीको भूमिका निर्वाह गरिरहेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्