Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

गणेशसिंह ठगुन्ना
दार्चुला/प्रतिनिधिसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल नेकपा एमाले
पद प्रतिनिधिसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर ४९ -
प्राप्त मत २८९९८
लिङ्ग पुरुष
हालको पद नेकपा (एमाले) केन्द्रीय सदस्य
शैक्षिक योग्यता: विज्ञान विषयमा स्नातक
अन्य विवरण:

२०२५ मंसिर २२ गते दार्चुला सदरमुकामको तत्कालीन खलंगा गाविस वडा नम्बर १ (हाल महाकाली नगरपालिका ५) मा जन्मिएका गणेशसिंह ठगुन्ना विद्यार्थी राजनीति हुँदै एमालेको राजनीतिमा सक्रिय छन्।

उच्च शिक्षा अध्ययनका लागि काठमाडौंको अमृत साइन्स क्याम्पसमा भर्ना भएका उनी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनमा आवद्ध भए। २०४५ सालमा काठमाण्डौं-दार्चुला सम्पर्क मञ्चको अध्यक्षसमेत भए। त्यसपछि राजनीति गर्नका लागि दार्चुला फर्किएका उनी २०४८ सालमा एमालेको जिल्ला कमिटी सदस्य भए। राजनीतिक सक्रियताका साथै समयमा ठगुन्नाले हुस्कर मावि काँटैको गणित र विज्ञान विषय अध्यापन गराए।

दार्चुलामा एमालेको संगठन विस्तार गर्नेमध्येका प्रमुख नेता मानिएका ठगुन्ना ९ महिना शिक्षकको जागिर खाएपछि पार्टीको जिल्ला नेतृत्व सम्हाल्न पुगे। उनी २०५० सालमा पार्टी सचिव भए।

कुशल संगठकका रुपमा रुपमा परिचित ठगुन्ना २०५४ सालको स्थानीय निकायको निर्वाचनमा जिल्ला सभापतिमा निर्वाचित भए। उनले एमालेका चर्चित नेता प्रेमसिंह धामीसँग मिलेर पार्टीलाई स्थापित गर्नमा महत्वपूर्ण भूमिका खेले।

ठगुन्नाले २०६३ मा तेस्रो पटक पार्टी जिल्लाको सचिवमा निर्वाचित भएका थिए। पार्टी अध्यक्ष प्रणालीमा गएपछि उनी २०६६ मा जिल्ला अध्यक्ष निर्वाचित भए।

ठगुन्नाले २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा एमालेबाट उम्मेदवारी दिए पनि माओवादी नेता लक्ष्मीदत्त जोशीसँग पराजित बने।

तर, २०७० सालमा भएको दोस्रो संविधानसभा सदस्यको निर्वाचनमा भने ठगुन्ना निर्वाचित भए। उनले नेपाली कांग्रेसका तत्कालीन प्रवक्ता दिलेन्द्रप्रसाद बडू र माओवादी उम्मेदवार ललितसिंह ठगुन्नालाई पराजित गरे।
विज्ञान विषयमा स्नातक गरेका ठगुन्ना हाल नेकपा एमालेका केन्द्रीय सदस्यसमेत हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्