Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

योगेशकुमार भट्टराई
ताप्लेजुङ/प्रतिनिधिसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल नेकपा एमाले
पद प्रतिनिधिसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर -
प्राप्त मत २९४७९
लिङ्ग पुरुष
हालको पद -
शैक्षिक योग्यता: -
अन्य विवरण:

नेकपा एमालेका सचिव समेत रहेका  योगेश भट्टराईको जन्म विस २०२३  भदौ २१ ताप्लेजुङ, साविकको साँघु गाविस हाल मैवाखोला गाउँपालिकामा भएको हो। बाबु स्व. भिमलाल भट्टराई र आमा महेन्द्रादेवी भट्टराईका छोरा हुन् योगेश। स्नातक सम्‍मको अध्‍ययन गरेका उनी नेकपा (एमाले)का प्रचार विभाग प्रमुख पनि हुन्।

२०३६ सालको विद्यार्थी आन्दोलनबाट बाम राजनीतिमा प्रवेश, २०४० सालमा पञ्चायती व्यवस्था विरोधी आन्दोलनका क्रममा केन्द्रीय कारागारमा पहिलो पटक जेल, २०४१ सालमा महेन्द्ररत्न क्याम्पसको स्ववियु उपसभापति र २०४३ सालमा सभापति पदमा निर्वाचित भएका थिए।  २०५१ देखि २०५६ सालसम्म अनेरास्ववियूको केन्द्रीय अध्यक्ष, २०६२/६३ को जनआन्दोलनको एमाले काठमाडौं उपत्यका कमिटीको सचिव, २०६५ साल फाल्गुनमा बुटवलमा सम्पन्न नेकपा (एमाले) को आठौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य र नवौं महाधिवेशनबाट एमालेको सचिव पदमा निर्वाचित भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्