
झापा-२/प्रतिनिधिसभा सदस्य

दल | नेकपा एमाले | |
---|---|---|
पद | प्रतिनिधिसभा सदस्य | |
उम्मेदवारी दिँदाको उमेर | ५४ | - |
प्राप्त मत | ४५८१७ | |
लिङ्ग | महिला | |
हालको पद | राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य | |
शैक्षिक योग्यता: | प्रविणता प्रमाणपत्र तह |
वि.सं. २०२० साल माघ २० गते झापाको दमकमा जन्मिएकी निरौला नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य एवम् अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य हुन्। आईएसम्मको अध्ययन गरेकी निरौलाले अध्ययनकै गिरफ्तार भएर जेल जीवनसमेत व्यतित गरेकी छन्। २०३५/०३६ सालको विद्यार्थी आन्दोलनमा अनेरास्ववियुमा आवद्ध भएकी निरौला त्यसपछि महिला राजनीतिमा क्रियाशील भइन्। उनी अखिल नेपाल महिला संघको प्रथम राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भइन्। निरौलाले २०६६ सालमा एमाले झापा जिल्ला कमिटी सचिव भएर जिम्मेवारी सम्हालिसकेकी छन्। जिल्ला विकास समितिको मनोनित सदस्य भएर काम गरेको अनुभव पनि उनीसँग छ। २०७० सालको चुनावमा झापा २ बाट उम्मेदवार बनेकी निरौला कांग्रेसका उम्मेद्वार सुधिर शिवाकोटीसँग पराजित भएकी थिइन्। हाल उनी राप्रपासमेतको समर्थनमा वाम गठबन्धनको साझा उम्मेदवार छिन्।
तपाईको प्रतिक्रिया दिनुहोस्