

झापा-३/प्रतिनिधिसभा सदस्य

दल | राष्ट्रिय प्रजातन्त्र पार्टी | |
---|---|---|
पद | प्रतिनिधिसभा सदस्य | |
उम्मेदवारी दिँदाको उमेर | ५२ | - |
प्राप्त मत | ४४६१६ | |
लिङ्ग | पुरुष | |
हालको पद | महामन्त्री | |
शैक्षिक योग्यता: | स्नातकोत्तर |
वि.स. २०२२ साल भदौ २२ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मिएका लिङ्देन राप्रपाको महामन्त्री हुन्। उनी झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा तेस्रोपटक चुनाव लड्दै छन्। उनले वाम गठबन्धनसंग तालमेल गरी प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका हुन्। राजनीतिशास्त्र र इतिहासमा स्नातकोत्तरसम्मको अध्ययन गरेका लिङ्देनले २०३९ सालदेखि राजनीति सुरु गरेका हुन्।
राप्रपाको विद्यार्थी संगठन राष्ट्रवादी विद्यार्थी संगठनको संस्थापक अध्यक्षसमेत रहेका लिङ्देन २०४९ र २०५४ सालको चुनावमा झापाको गोलधापमा वडाध्यक्ष विजयी भए। २०६० सालमा जिल्ला विकास समिति झापाको सभापतिमा मनोनित भए। २०५६ सालको चुनावमा झापा क्षेत्र नं ३ मा तेस्रो स्थानमा खुम्चिएका लिङ्देन २०७० सालको चुनावमा दोस्रो भए। त्यतिबेला आफूलाई हराउने कांग्रेसका कृष्ण सिटौलासँगै उनी प्रतिस्पर्धामा छन्। २०६४ सालमा राप्रपा नेपालको केन्द्रीय सदस्य बनेका लिङ्देन २०७० सालमा पार्टीको महामन्त्री बने।
नजिकै
-
भ्रष्टाचार गर्दिन भन्दै दमकका मेयर थापाले भगवान साक्षी राखेर गरे प्रण
झापाका १५ मध्ये ११ पालिकाका मेयर तथा अध्यक्षले लिए शपथ
झापाको शिवसताक्षीमा एमाले विजयी
गौरीगञ्जका दुवै प्रमुख पदमा महिला, कांग्रेसबाट अध्यक्षमा राजवंशी र एमालेबाट उपाध्यक्षमा न्यौपाने
शिवसताक्षी नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी
तपाईको प्रतिक्रिया दिनुहोस्