मोरङ-६/प्रतिनिधिसभा सदस्य
दल | नेपाली कांग्रेस | |
---|---|---|
पद | प्रतिनिधिसभा सदस्य | |
उम्मेदवारी दिँदाको उमेर | ६७ | - |
प्राप्त मत | ३३२६६ | |
लिङ्ग | पुरुष | |
हालको पद | - | |
शैक्षिक योग्यता: | - |
शेखर कोइला नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्। बुवा केशव कोइराला र आमा नोना कोइरालाका छोरा शेखरको जन्म कोइरालाको जन्म २००७ भदौ ९ गते विराटनगरमा भएको हो।
राजनीतिक परिवारमा जन्मिएका शेखर कोइरालाले नेपाली कांग्रेसबाट राजनीतिक यात्रा सुरु गरेका हुन्। विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा पढ्दादेखि नै राजनीतिमा सक्रिय कोइरालालगायतले मोरङ क्याम्पसको नाम अगाडि राजा महेन्द्रको नाम थप्दा विरोध गरेको थियो।
चिकित्सकका रुपमा कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीर अस्पतालमा काम गरेका कोइराला वीपी कोइराला भारत निर्वासनबाट फर्किँदा पक्राउ परी तीन महिना जेल बसेका थिए।
पेशाले फिजिसियन कोइरालाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शिक्षा अध्यक्ष र उपकुलपति भएर काम गरे।अवकास हुन एक वर्ष मात्रै बाँकी छँदा कोइराला चिकित्सक पेशा छोडेर पार्टीको पूर्णकालीन राजनीतिमा होमिएका थिए।
कोइराला २०६४ सालको संविधानसभा निर्वाचनमा सुरुमा मोरङ क्षेत्र नम्बर ७ बाट तत्कालिन मधेसी जनअधिकार फोरम, नेपालका उम्मेदवार विजयकुमार गच्छदारसँग पराजित भएका थिए। गच्छदारले सो क्षेत्र छोडेपछि भएको उपनिर्वाचनमा कोइराला १२ हजार ७१ मत प्राप्त गरी विजयी भएका थिए। विजयी भएर संविधानसभा सदस्य भएका हुन्।२०७० सालको चुनावमा पनि कोइराला १२ हजार ९ सय मत प्राप्त गरी सोही क्षेत्रबाट विजयी भएका हुन्।
तपाईको प्रतिक्रिया दिनुहोस्