०५ माघ २०८१, शनिबार | (Saturday, 18 January, 2025)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौँ : खानेपानीमन्त्री प्रदीप यादवले युनिसेफ नेपाललाई खानेपानी तथा सरसफाइको क्षेत्रमा आवश्यक सहयोगको आग्रह गरेका छन् । आज मन्त्रालयमा मन्त्री यादव तथा नेपालका लागि युनिसेफका प्रतिनिधि एलिस् अकुङ्गाबीच भएको भेटघाटमा उनले सो आग्रह गरेका हुन्। मन्त्री यादवले ...
हेटौँडा : मकवानपुरको भीमफेदीबाट प्रहरीले चिनियाँलाई अपहरण गरेको आरोपमा ४ जना भारतीयलाई नियन्त्रणमा लिएको छ। काठमाडौँबाट मंगलवार एकजना चिनियाँको अपहरणमा संलग्न भएको अभियोगमा भीमफेदी गाउँपालिका–६ स्थित जुरिखेतबाट ४ जना भारतीयलाई प्रहरीले पक्...
काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा डा जगदीशचन्द्र पोखरेल नियुक्त भएका छन्। कांग्रेस उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुखसमेत रहेका पूर्णबहादुर खड्काले आज डा पोखरेललाई प्रतिष्ठा...
काठमाडौँ : सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीविरुद्धको रिट निवेदन खारेज गरेको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डा मनोजकुमार शर्माको संवैधानि...
काठमाडौँ : पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमले आज राति १ बजेदेखि बढेको मूल्य लागू हुने जनाएको छ। निगमले जारी गरेको विज्ञप्तिअनुसार पेट्रोलको मूल्य २ रुपैयाँ बढेको छ भने&...
स्पेसएक्सले बुधवार बिहान एउटै रकेटमा दुई रोबोटिक चन्द्र ल्यान्डरहरू प्रक्षेपण गरेको छ। दुईवटा ल्यान्डरहरू अमेरिकी निजी एयरोस्पेस कम्पनी फायरफ्लाइ एयरोस्पेसको ब्लू घोस्ट ल्यान्डर र जापानी कम्पनी इसस्पेसको ल्यान्डर हुन्। फ्लोरिडाको नासाको केनेडी स्पेस सेन्टरमा स्पेसएक्स ...
ललितपुर : विसं २०७२ को भूकम्पले क्षति पुर्याएको विश्व सम्पदा सूचीमा रहेको यहाँको पाटन दरबार क्षेत्रका दुईवटा संरचनाको पुनः निर्माण हुन सकेको छैन। ती सम्पदा पुनःनिर्माण प्रक्रिया अघि बढेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ। राणाकालीन अदा...
काठमाडौँ : सहकारी ठगी प्रकरणमा काठमाडौँ जिल्ला अदालतको आदेशपछि ६० लाख धरौटी बुझाएर निस्किएका रास्वपाका सभापति रवि लामिछानेले न्याय अझै नमरेको टिप्पणी गरेका छन्। उनले आफ्ना समर्थकहरूका बीचमा उभिएर संक्षिप्त प्रतिक्रिया दिँदै सो कुरा बताएका हुन्। उनले सह...
काठमाडौँ : गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक तथा रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा धरौटी बुझाएर रिहा भएका छन्। लामिछाने जिल्ला अदालत काठमाडौँमा धरौटीबापत बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन्। काठमाडौँ जिल्ला अदालतका सूचना अ...
फाप्ला : प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली एपिएफले लगातार दोस्रो जित निकालेको छ। बुधवार भएको खेलमा साविक विजेता एपिएफले गण्डकी प्रदेशलाई ८ विकेटले हराएको हो। जितसँगै एपिएफ २ खेलबाट ४ अंकका साथ शीर्षस्थानमा उक्लिएको छ। ...
काठमाडौँ : देश अहिले महोत्सवमय बनिरहेको छ। देशका पूर्वदेखि पश्चिम महाकालीका विभिन्न जिल्ला र स्थानमा विभिन्न स्तरका महोत्सव आयोजना गरिएको छ। विगतदेखि वर्तमानसम्म पर्यटन व्यापार र संस्कृतिको प्रवर्धनका लागि भन्दै महोत्सव आयोजना हुने गरेका छन्। हिउँदे याम&n...
नासाका वैज्ञानिकहरूको नेतृत्वमा गरिएको विश्लेषणले सन् २०२४ मा पृथ्वीको सतहको औसत तापक्रम रेकर्ड सबैभन्दा तातो रहेको देखाएको छ। सन् २०२४ मा विश्वव्यापी तापमान २०औँ शताब्दीको आधारभूत रेखा (सन् १९५१–१९८०) भन्दा १.२८ डिग्री सेल्सियसभन्दा माथि रहेको थियो। न...
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन्। उनले क्यानडाका लागि नेपालका आवासीय राजदूत भरतराज पौड्याललाई क्युवाका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन्। यसैगरी राष्ट्रपतिले थाइल्याण्डका लागि नेपालका आवासीय रा...
काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हिमालको अस्तित्व जोगाउनुपर्ने चुनौती रहेको बताएका छन्। आज यहाँ आयोजित एभरेष्ट टुरिजम अवार्ड, २०२५ का अवसरमा पर्यटन क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्दै उनले धनी मुल...
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका लागि जरुरी भएकाले विभिन्न अध्यादेशहरू ल्याइएको बताएका छन्। उनले अध्यादेश सरकारमा रहेका प्रमुख दलका शीर्ष नेता, विज्ञ र सरोकार भएका पक्षसँगको सघन छलफलपछि ल्याएकाले सत्तापक्षका दलको असहमति नभएको जिक...
काठमाडौँ : उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले भूकम्पीय जोखिम न्यूनीकरणका लागि भूकम्प प्रतिरोधी घर र सुरक्षित भौतिक संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। बुधवार राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौँको कीर्तिपुरमा आयोजित कार्यक्...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार भूमि सम्बन्धी अध्यादेश जारी गरेका हुन्। मन्त्रिपरिषद् बैठकले पाँच वटा अध्यादेश जारी गर्नका लागि स...
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई हातपातमा आफ्नो पार्टीका सदस्यको संलग्नता रहे कारबाही गर्ने चेतावनी दिएको छ। कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा यस किसिमको व्यवहार कानुनी...
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भूकम्पपछिको पुनर्निर्माण नमुना पुनर्निर्माणको रूपमा विश्वमै स्थापित गर्न सफल भएको दावी गरेका छन्। बुधवार राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौँको कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलील...