डाक्टर भन्छन् : यो एक किसिमको रोग हो

|

डोल्पा : डोल्पाको एक क्‍वारेन्टाइनमा बस्नेहरु रातिको समयमा भूतले तर्साउने गरेको त्रसित भएका छन् ।

त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटमा पर्ने त्रिपुरा माध्यामिक बिद्यालय काटिँयाचौरमा बनाइएको क्‍वारेन्टाइनमा बस्नेहरुले रातभरी अदृश्य कुराले तर्साउने गरेको बताए ।

कोरोना भाइरसको त्रासले केही दिन अघिमात्रै काठमाडौंबाट घर पुगेर क्‍वारेन्टाइनमा बसेकी माया उपाध्यायले मंगलबार दिनभर रोइ कराई गरि अनौठो व्यवहार देखाएको सँगैका देबीसर बुढाले बताए ।

‘म तड्पिएको आत्मा हुँ भन्दै कालो मान्छे अयो, सबैलाई सँगै लिन्छु, तिमिहरु कोही पनि यहाँ बस्न पाउँदैनौं जस्ता शव्दहरु बोल्दै काप्ने गरेकी छन्’, बुढाले भने।

उपाध्याय लगातार रोइकराई गर्न थालेपछि सँगै बस्नेहरु आत्तिएका थिए। भूत लागेको भन्दै झारफुक गर्ने स्थानीय ब्रह्माणलाई बोलाइएको थियो । झारफुकबाट पनि ठीक नभएपछि छिमेकी गाउँ रल्लीका एक धामीलाई बोलाएर ठीक पार्न अनुरोध गरियो ।

धामीले करिब आधा घण्टा झारफुक गरेपछि ठीक भएको उपाध्यायका बुवा रमानन्द उपाध्यायले जानकारी दिए । छोरीलाई अरुकुनै रोग नभएर भूत लागेकाले धामीको शक्तिले ठीक भएर अहिले अवस्था सामान्य भएको उनले बताए । उनी यस विद्यालयका प्रधानाध्यापक समेत हुन् ।

 विद्यालयमा अध्ययन गर्ने छात्राहरुलाई पटक–पटक यस्तै भएर बेहोस हुनेगरेको उनले बताए । यस अघि पनि दर्जनौं छात्रा यसै गरि बिरामी पर्ने र झारफुकबाट सञ्चो हुने गरेको उनको भनाई छ ।

यो एक किसिमको रोग : डाक्टर 

यता स्वाब संकलनका लागि विद्यालय पुगेकी जिल्ला अस्पताल डोल्पामा कार्यरत डाक्टर मेलिना हमालले यो एक किसिमको रोग भएकाले औषधि खाएपछि ठीक हुने बताइन् ।

कारेन्टाइनमै बस्दै आएकी अर्की चाँदनी उपाध्यायले पनि रातभर यसरी नै रोइकराई गरेकी थिइन्।

एकपछि गर्दै अर्को महिला रोइकराई गरेर काप्न थालेपछि डराएर क्‍वारेन्टाइनमा बसेका पाँचैजना युवतीहरुले अर्को ठाउँमा राख्न नगरपालिकालाई अनुरोध गरेका थिए ।

त्यसपछि युवकहरुलाई मात्रै राखेर युवती सबैलाई बगर बजारमा रहेको मध्येवर्ती क्षेत्र ब्यवस्थापन समितिको भवनमा राखिएको नगर प्रमुख ओमबहादुर बुढाले बताए ।

उक्त क्‍वारेन्टाइनमा बसेका केटाहरु पनि रातभर अदृष्य शक्तिले तर्साउनने गरेको बताउँछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.