वीरगन्ज उद्योग वाणिज्य संघद्वारा ७० लाख रुपैयाँ सहयोग

|

पर्सा : एकै दिन दुईदेखि तीन हजारको कोरोना परीक्षण गर्न मिल्ने ठूलो पिसिआर मेसिन किन्न वीरगन्ज महानगरपालिकालाई वीरगन्ज उद्योग वाणिज्य संघले ७० लाख बढी सहयोग जुटाइदिन थालेको छ। 

खुला सीमा भएको वीरगन्ज क्षेत्रमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ। प्रदेश र केन्द्र सरकारले बृहत् रुपमा कोरोना परिक्षण गर्ने मेसिन उपलब्ध नगराएको भन्दै महानगरले दाता गुहारेको हो। महानगरलाई संघ र उसको अगुवाइमा यो रकम उपलब्ध गराइँदै छ।

मंगलबार वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया र नगरप्रमुख विजय कुमार सरावगीबीच संघले उपलब्ध गराएको चेक लेनदेन भएको छ। चेक बुझ्दै दुवै पक्षबीच मेशिन चाडो सञ्चालनमा ल्याउने लिखित समझौता पनि भएको छ।  

मेसिन खरिद, जडान र सञ्चालनबाहेक अन्यत्र खर्च गर्न नपाइने 

यो रकम अन्य प्रयोजनमा महानगरले खर्च गर्न नपाउने र १५ दिनभित्र मेसिन खरिद गरी नायाराणी अस्पतालमा जडान गरिसक्नुपर्ने सम्झौता पत्रको पहिलो बुँदामा उल्लेख छ। दोस्रो बुँदामा यो रकम संघ र संघको अगुवाइमा विभिन्न चेकमार्फत उपलब्ध गराइने भनिएको छ। 

लिखित सम्झौता वीरगन्ज महानगरपालिकाको परिसरभित्र नै एक कार्यक्रम गरी संघका अध्यक्ष केडिया र महानगरका नगरप्रमुख सरावगीले गरेका हुन्।

धमाधम चेक बुझाउँदै दाता 

संघको अगुवाइमा लिखित सम्झौता भएलगत्तै केही उद्योगी व्यवसायीहरुले मंगलबार सम्झौता भएकै ठाउँमा वीरगन्ज महानगरपालिकालाई चेकमार्फत रकम पनि उपलब्ध गराएका छन्। सबै दाता आउने क्रममा रहेका केडियाले बताए। महानगरपालिकाले पनि जतिसक्दो चाँडो कोरोना परिक्षण गर्ने ठूलो मेसिन सेट नै खरिद गरिसक्नुपर्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.