|

डोटी : आइपास नेपालले सुदूरपश्चिम प्रदेशका चार जिल्लाका स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ। अछाम, बाजुरा, डोटी र डडेल्धुराका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्रीका साथै औषधि प्रदान गरिएको हो।

आइपासले डोटीको जिल्ला अस्पतालसहित १९ स्वास्थ्य चौकीलाई पिपिई २ सेट, पुनः प्रयोग गर्न मिल्ने गाउन ९०, सर्जिकल मास्क तीन हजार ६३८ थान, के ९५ मास्क ३८० थान, चश्मा ३६, ग्लोब तीन हजार ९९० थान, सेनिटाइजरका साथै औषधि प्रदान गरेको सुरक्षित गर्भपतन सेवा कार्यक्रमका संयोजक दिपा सिंहले जानकारी दिइन्।

यस्तै, अछाम, बजुरा, डोटी र डडेल्धुराका विभिन्न स्वास्थ्य संस्था तथा अस्पताल, प्रादेशिक अस्पताल, महाकाली अस्पताल गरि ६१ वटा स्वास्थ्य संस्था, अस्पताल र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र लाई विभिन्न किसिमका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.