|

काठमाडौं : नेपालमा चैतदेखि बैसाखसम्म वसन्त ऋतु कायम रहन्छ। वसन्त ऋतु भन्नासाथ हामी फूल सम्झन्छौं।

तर नेपालमा हरेक ऋतुमा कुनै न कुनै फूल फुल्छन्‌। जैविक विविधतालाई नै हेरौं न : विश्वमा पाइने पाँच हजार ३०९ मध्ये नेपालमा मात्र ३१२ प्रजातिका फूल फुल्ने वनस्पति पाइन्छन्‌।

अहिले नेपालमा ग्रिष्म ऋतु लागिसकेको छ, तर फूल फुलिरहेका छन्‌। वनजङ्गलदेखि शहरका उद्यानसम्म, सडकपेटीदेखि गमलासम्म फुलेका फूलहरूले मानिसलाई मात्र होइन, चराचुरुङ्गीदेखि भमरासम्मलाई मुग्ध बनाइरहन्छ।

अझ वर्षाका कारण सिञ्‍चन भएपछि ग्रिष्म ऋतुमा फुल्ने फूलहरू त निकै पुष्ट र आकर्षक देखिइन्छन्‌। काठमाडौंका खुला स्थानमा हिँड्दा यतिखेर हाम्रो स्वागतका लागि प्रकृतिले पुष्षवृष्टि गरिरहेझैं लाग्छ। 

तस्बिरहरू :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.