|

रौतहट : रौतहटमा एकै दिन ९२ जना कोरोना संक्रमित भएको पुष्टि भएको छ। योसंगै रौतहटमा कोरोना संक्रमितको संख्या ७ सय १४ पुगेको  छ। 

शनिबार परोहा नगरपालिकामा ५२, इशनाथ नगरपालिकामा २३, राजपुर नगरपालिकामा १२ र देवाही गुनाही नगरपालिकामा ५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयका फोकल पर्सन हरेन्द्र गुप्ताले जानकारी दिए। संक्रमण देखिएका सबै भारत बाट आएका हुन्। सीमा क्षेत्रबाट उनीहरुलाई सम्बन्धित पालिकाले सोझै क्वारेन्टाइनमा लगेर राखेको थियो। 

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन्। अझै करिब ४ हजार जनाको स्वाब परीक्षणका लागि जाममा परेको फोकल पर्सन गुप्ताले जानकारी दिएका छन्। कोरोना निको भएर रौतहटका १ सय २ जना घर फर्किसकेका छन् भने ३ हजार ५ सयभन्दा बढी क्वारेन्टाइनबाट घर गएका छन्। क्वारेन्टाइनमा ७ हजार २ सय भन्दा बढी रहँदै आएका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.