जिल्लाभर डिस्चार्ज हुनेको सख्या २ सय ४७ पुग्यो

|

रौतहट : हालसम्म रौतहटमा कोरो २ सय ४७ कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन्। मंगलबार मात्रै १ सय ३७ जनाले कोरोनालाई जितेका छन्।राजपुर नगरपालिकाबाट आज ७६ जना संक्रमित उपचारपछि निको भएर फर्किएका नगरपालिकाका स्वास्थ्य संयोजक रवीन्द्र झाले जानकारी दिए। 

जसमध्ये राजपुर प्राथामिक उपचार केन्द्रको आइसोलेसनबाट २५ जना र राजपुर बैरिया मदरसाआइसोलेसनबाट ५१ जना डिस्चार्ज भएका हुन्। यस्तै परोहा नगरपालिकाबाट पनि ६१ जना संक्रमित घर फर्किएका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले जानकारी दिए। उनीहरुको पछिल्लो रिपोर्ट नेगेटिभ आएको थियो।
यसैगरी चन्द्रपुर नगरपालिका ६ स्थित एन्फा एकेडेमी हलको आइसोलेसनमा उपचारत ३८ मध्ये ७ जना मंगलबार डिस्चार्ज भएका छन्।

गढीमाई नगरपालिकाका ५ जना र गुजरा नगरपालिकाका २ जना गरी ७ जनालाई डिस्चार्ज गरिएको चन्द्रपुर सरकारी अस्पतालका स्वास्थ्यकर्मी मातृका चालिसेले जानकारी दिए। पछिल्लो पटक गरिएको पिसिआर परीक्षणमा ७ जनाकै रिपोर्ट नेगेटिभ आएको हो। 

चन्द्रपुरको आइसोलेसनबाट पहिलो पटक ७ जनालाई डिस्चार्ज गरिएको र अहिले ३१ जना उपचारत रहेका उनले बताए। त्यस्तै रौतहट जिल्ला निवासी बाराको आइसोलेसनमा रहेका २ जना नेपाली सेना पनि आजै डिस्चार्ज भएका छन्। यसअघि रौतहटबाट १ सय ७ जना कोरोना संक्रमित उपचारपछि घर फर्किएका थिए।

संक्रमितको संख्या ९ सय २१ पुग्यो 

रौतहटमा कोरोना भाइरस संक्रमितको संख्या ९ सय २१ पुगेको छ। मंगलबार मात्रै रौतहटमा ५२ जना संक्रमित थपिएका छन्। बौधिमाई नगरपालिकामा ३३, यमुनामाई गाउँपालिकामा ९, देवाही गोनाही नगरपालिकामा ८, ईशनाथ तथा परोहा नगरपालिकामा १÷१ जनामा संक्रमण पुष्टि भएको हो। 

संक्रमण देखिएका सबै भारतबाट आएका हुन्। उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा छन्। सीमा क्षेत्रबाट उनीहरुलाई सम्बन्धित पालिकाले सोझै क्वारेन्टाइनमा लगेर राखेको थियो। 

जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार २ सय ९६ महिला र ५ हजार २ सय ७१ पुरुष गरी ५ हजार ५ सय ६७ जना क्वारेन्टाइनमा बसेका छन्। जिल्लामा क्वारेन्टाइन बेडको संख्या भने १० हजार २ सय ४४ छ भने आइसोलेसन बेड संख्या ४ सय ७० छ। आइसोलेसनमा २२ महिला र ७ सय ४७ पुरुष छन्।

जिल्लाबाट ७ हजार ७ सय १७ जनाको स्वाब संकलन गरिएकोमा ४ हजार ४ सय ६० को रिपोर्ट नेगेटिभ र ९ सय २१ जनाको पोजेटिभ आएको बताइएको छ। अझै २ हजार ३ सय ३६ जनाको रिपोर्ट आउन बाँकी छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.