|

काठमाडौं : गीतकार रञ्जना राईको 'रोज' एल्बमको ‘वीरता’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन्।  देशभक्तिको भावनाले ओतप्रोत उक्त गीतमा नेपालीको शिरमा रहने टोपीको र नेपाली सुरक्षाकर्मीको  जीवनबारे  बयान गरिएको छ।

राईले गीतमार्फत वीरताको नासो हुँ, शिरमा टोपी लाउँछु, दौरा सुरू वाल खुकुरीको धारमा टेकि हिँड्छु भनी शब्द रचना गरेकी छिन्। गीतमा स्वर राजेश पायल राई र सुरेश अधिकारीको रहेको छ।

गीतमा संगीत पनि  अधिकारीले भरेका छन्। म्युजिक भिडियोमा नबल खडका र एक राज राईले साथ दिएका छन्। भिडियोको छायांकन र कोरियोग्राफी जिवन श्रेष्ठले गरेका हुन्। नेपाली सेना र ह्वाइट मिडियाको सहयोगमा उक्त म्युजिक भिडियो तयार पारिएको हो।

भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.