|

हेटौंडा :  बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले सरकारले ल्याएको बजेट सामान्य पास खालको हुने मात्रै नभई 'फष्ट डिभिजन'मा पास हुने खालको भएको दाबी गरेका छन्। बुधबार बागमती प्रदेश सभामा जवाफ दिँदै उनले बजेट ठूलो र महत्वाकांक्षी भएको भन्दै आएको प्रश्नको जवाफ दिँदै  ठूलो उपलब्धिको लागि ठूलो लक्ष्य लिएको दाबी गरेका हुन्।

ढुंगेलले सांसदहरुले उठाएको सवालहरू सहर्ष स्वीकार गरेको बताउँदै  राजश्व उठ्नै नसक्ने लक्ष्य राखेको भन्दै उठेको प्रश्नको पनि व्यङ्ग्यात्मक जवाफ दिए।  उनले भने, 'राजश्व उठ्ने र त्यसको लागि सत्तापक्ष प्रतिपक्षको समन्वय भए लक्ष्य भेट हुन्।'

कर तथा गैरकर राजश्वको प्रभावकारी अनुगमन गर्दा राजश्व वृद्धि हुने बताउँदै उनले घर तथा व्यवसाय करमा केही फेरबदल गरेकोले राजश्व बढ्ने आधार देखाएका छन्। यस्तै राजश्व दाखिला प्रविधिमार्फत हुने भएकोले सहज ढंगले राजश्वमा वृद्धि हुने उनको दाबी छ।

उनले प्रदेश सरकारले नै आर्थिक प्रक्षेपण प्रदेश सरकारले ने गर्न सक्ने हुने बताएका छन्। उनले आर्थिक वर्ष २०७६-०७७ को रोयल्टी आउने आर्थिक वर्षमा उठ्ने भएकोले राजश्व लक्ष्य भेटाउन सक्ने अर्को आधार भएको बताए। बजेटको डुङ्गामा सत्तापक्ष र प्रतिपक्ष दुवै रहेकोले बजेट पक्ष विपक्ष नहुने तर्क गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.