नेपालमा मृतकको संख्या २१ पुग्यो

|
आत्महत्या गरेका पुरूषलाई राखिएको क्‍वारेन्टाइन

अर्घाखाँची : झुन्डिएर आत्महत्या गरेका अर्घाखाँची शितगंगा-५ गल्दा चित्रे बारीका ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ। शितगंगा-५ गल्दा हरि माध्यमिक विद्यालयको क्‍वारेन्टाइनमा बसेका ती पुरुषले बुधबार बिहान झुन्डिएर आत्महत्या गरेका थिए।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २१ पुगेको छ। यसअघि बाँकेमा कोरोना संक्रमणबाट एकजना पुरुषकै ज्यान गएको थियो।

आरडिटी पोजेटिभ देखिएका उनीसहित तीनजना साथीहरू क्‍वारेन्टाइनमा बस्दै आएका थिए। रातिको समयमा सँगै सुतेका साथीहरूलाई थाहै नदिइ  उनले स्कुलको पूर्वतर्फको रुखमा आफूले बिछाउँदै आएको तन्ना च्यातेर आत्महत्या गरेका थिए।

उनी जेठ १० गते भारतबाट आएर स्थानीय तहले बनाएको क्‍वारेन्टाइनमा बसेको १४ दिनपछि आरडिटी परीक्षण गरिएको थियो। उनको आरडिटीमा पोजेटिभ देखिएपछि पिसिआर परीक्षणका लागि स्वाबको नमुना प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको थियो । तर मृतकको पिसिआर रिपोर्ट नआएपछि  शवलाई ब्यवस्थापन गर्न कठिन भएको थियो । 

ती पुरुषले आत्महत्या गरेपछि पिसिआर रिपोर्ट नआउँदासम्म शवलाई दिनभर प्रहरी, सेना र स्थानीयले कुरेर बसेका थिए।  ईलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी निरीक्षक बाबुराम बस्नेत नेतृत्वमा खटिएको प्रहरीको टोली र रामवाण गुल्म ठाडाका गुल्मपति ईश्वर काफ्लेको नेतृत्वको सेनाको टोलीले शव तारेपैरो फूलबारी सामुदायिक वनमा व्यवस्थापन गरेका छन्।

मृतक पुरुषसहित अर्घाखाँचीमा बुधबार ५२ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै संक्रमितको संख्या १११ पुगेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.