|

हेटौंडा : प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने लक्ष्य राखेको प्रदेश राजधानी सबैभन्दा ठूलो अस्पताल हेटौंडा अस्पताललाई ५० सेट बेड सहयोग भएको छ। हेटौंडा अस्पतालको अंतरङ्ग सेवा तथा कोराना त्रासको कारण  सञ्चालनमा आएको  आईसोलेसन वार्डमा प्रयोग गर्नका लागि लिशा हिमालय इभी नामक गैरसरकारी दातृ संस्थाले बागमती सरकारका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेललाई १८ लाख ३८ हजार रुपैयाँ बराबरको ५० सेट हस्पिटल बेड, बेड म्याटरेस्ट लगायतका सामाग्रीहरु हस्तान्तरण गरेको छ।

यस अवसरमा मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा अस्पताललाई ३ सय बेडको सुविधा सम्पन्न गर्ने लक्ष्यमा यो सहयोग सामग्रीले थप ऊर्जा मिलेको बताउँदै संस्था प्रति आभार व्यक्त गरेका छन्। सामग्री लिशा हिमालय ईभिका अध्यक्ष डानियला जारिगले हेटौंडा अस्पताललाई सहयोेग सामाग्री हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताइन्।

हस्तान्तरण गरिएको हस्पिटल बेड, बेड म्याटरेस्टको प्रयोगबाट हेटौडा अस्पतालले दिने सेवाग्राहीहरुलाई दिइने स्वास्थ्य उपचार सेवामा थप मद्दत पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेल, डा.प्रविण श्रेष्ठ लगायत सञ्चारकर्मीहरुको उपस्थिति थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.