|

डडेल्धुरा : कोरोना संक्रमणको दर बढ्दै गएपछि डडेल्धुरा जिल्ला सदरमुकाम सिल भएको छ। शुक्रबार दिउँसो ३ बजेदेखि लागू हुने सिल गरिएको सदरमुकाम क्षेत्र सिल गरिएको हो।

अर्को सूचना जारी नहुन्जेलसम्म लागि डडेल्धुरा सदरमुकाम क्षेत्र सिल रहने जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख एवं प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। उनले भने, ‘जिल्ला सुरक्षा समितिको निर्णयअनुसार व्यापार–व्यवसाय सबै बन्द गरेका छाैं। हामीले बजार क्षेत्रमा माइकिङ समेत गर्दैछौँ।’

सरकारी कार्यालय खुला नै रहने छ भने अतिआवश्यक बाहेक सेवा बन्द हुने जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत गणेशदत्त ओझाले बताए।

सरकारले पसल र कार्यालय खोल्ने निर्णय गरेसँगै जिल्ला सदरमुकाम क्षेत्रमा चहलपहल बढेको थियो। सवारीसाधन र मानिसहरुको चप बढ्दै गइरहेका बेला जिल्लामा बिहीबार एकैदिन ८३ जना नयाँ कोरोनाका बिरामी थपिएपछि सिल गरिएको हो। 

डडेल्धुरामा यो समाचार तयार पर्दासम्म १२८ जनामा कोरोना संक्रमण पुष्टि भइसेको छ। गन्यापधुरामा कोरोना संक्रमण बढेपछि बिहीबारदेखि नै गाउँपालिकालाई सिल गरिसकिएको छ।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.