|

काठमाडौं :  साउदीको रियादबाट २ सय ४७ जना नेपाली काठमाडौ आइपुगेका छन्।

नेपाल एअरलाइन्सको उडानबाट एक नाबालकसहित २४७ जना नेपालीहरु आज बिहान स्वदेश आइपुगेका हुन्। ६ महिनादेखि नेपाली राजदूतावासको सेल्टरमा रहेका १२ जना महिला र बाँकी पुरुष आज स्वदेश फर्किएका हुन्।

यस्तै आज यूएई तीन उडानमार्फत नेपाली स्वदेश फर्कनेछन् भने कुवेतमा आममाफीमा सहभागी नेपाली पनि स्वदेश फर्कंदैछन्। त्यसैगरी आज कतारको दोहाबाट पनि समस्यामा परेका नेपाली फर्कंदैछन् भने मलेसियाबाट पनि नेपाली फर्कने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.