|

संखुवासभा : मकालु गाउँपालिका २ र ५ नम्बर वडा जोड्ने अरुण नदीमा थुनिएको पहिरो बग्न थालेको छ। 

आइतबार बिहान साढे ९ बजे गएको पहिरोका कारण एक परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो। पहिरोबाट प्रकाश राईको परिवारका ७ जना विस्थापित भएका छन्। ५ सय मिटरमाथि बाट पहिरो खसेको पहिरोबाट जमेको ड्याम अहिले क्रमशः खुल्दै गएपछि तटीय क्षेत्रमा जोखिम कम हुँदै गएको संखुवासभाका प्रहरी प्रमुख डिएसपी नवराज मल्लले बताए।

पहिरोले अरुण नदी थुनिँदा करिब ३ सय मिटर पानी जमेर ड्याम बनेको थियो। पहिरोले थुनिएको नदी खुल्न थालेपछि तटीय क्षेत्रको जोमिख न्यून मात्रै रहेको प्रहरी प्रमुख डिएसपी मल्लको भनाइ छ। आइतबार बिहान मकालु गाउँपालिका–२ र ५ को बीचमा पर्ने कास्वा र अरुण नदी मिसिने ओयाङस्थित दोभानमा पहिरो खसेर थुनिएको थियो। 

संखुवासभा, भोजपुर र धनकुटाका स्थानीय प्रशासनले तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.