|

काठमाडौं :   कोरोनाका कारण विदेशमा रोकिएका चौधसय नेपाली  नागरिक आइतबार एकै दिन स्वदेश फर्केका छन्। 

कोरोना कहरका कारण समस्यामा परेर स्वदेश फिर्ता हुने क्रममा आइतबार एक हजार चार सय  जना फर्किएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ आइबार दिउँसो स्वदेश फर्कनेमध्ये कतारबाट १४९ जना, साउदी अरबबाट २४७ जना, युएइबाट ३३८ जना, कुवेतबाट १६६ जना र बङ्गलादेशबाट २५० जना नेपाल फर्केका हुन्। 

यसरी नेपाल फर्कनेमा प्रदेश १ का २३० जना, प्रदेश २ का ८१ जना, बाग्मती प्रदेशका २६२ जना, गण्डकी प्रदेशका १२८ जना, प्रदेश ५ का १६७ जना, कर्णाली प्रदेशका १२ जना र सुदूरपश्चिम प्रदेशका २० जना रहेका छन् । 

आइतबार नै मलेसियाबाट हिमालय एयरलायन्सबाट १५० जना र युएइबाट नेपाल एयरलायन्सबाट १५० जना नेपाल आइपुगेका हुन्।  नेपाल फर्किएका नेपाली नागरिकलाई उपत्यकास्थित विभिन्न होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य परीक्षण र थप विवरण सङ्कलन  गरिँदै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.