|

काठमाडौं : लेखक तथा पत्रकार नारायण नेपालको जागरण गीत ‘विदेशी हैकम’ सार्वजनिक भएको छ। संगीत दिवसको अवसर पारेर गीत युट्युबमार्फत भिडियो सार्वजनिक भएको हो।

भारतले अतिक्रमण गरेको नेपाली भूमि, मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसिसी) विवादलगायत राष्ट्रियताको विषयमा नेपालीलाई जागरण गराउने भाव बोकेको गीतमा संगीत नारायण दंगालले भरेका छन्। ममता खड्का र दामोदर न्यौपानेको स्वर रहेको छ। 

गीतको म्युजिक भिडियोमा गायकद्वय खड्का र न्यौपानेसहित दीपक लामा, सम्राट घिमिरे, दिप शेर्पालीलगायतले अभिनय गरेका छन्। म्युजिक भिडियो दिप शेर्पालीले निर्देशन गरेका हुन्।

देशमा विकसित पछिल्लो घटनाक्रमअनुसार जनतामा राष्ट्रियताको भाव जगाउन गीत ल्याएको गीतकार नेपालले बताए। विश्व नै कोरोना महामारीबाट ग्रस्त भएको बेलामा भारतले नेपाली भूमिमाथिको अतिक्रमण तीव्र पारेको, वर्षौदेखि राज्य सञ्चालकबाट नै महत्त्वपूर्ण भूमि बेच्ने काम भएको लगायतका विषयमा गीतमा समावेश भएको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.