घटनास्थलमा उद्धारका लागि पुगे सुरक्षाकर्मी

|
पहिरोमा परेर भीरमा पुगेको ट्रक

पाल्पा :  पाल्पामा सोमबार बेलुकी पहिरोले दुईवटा गाडी बगाएको छ। पाल्पा-गुल्मी सडकखण्डको तानसेन ११ बन्दीपोखरास्थित सम्मोबारीमा पहिरोले एउटा ट्रक र एउटा ट्यांकर पुर्दा दुईजनाको मृत्यु भएको छ भने एकजनाको उद्धार गरिएको छ।

कम्तीमा दुईवटा गाडी पहिरोमा परेको घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए। अविरल वर्षासँगै आएको पहिरोले गाडी बगाएको हो। उनका अनुसार एउटा ती गाडी क्षतविक्षत अवस्थामा छन्। एउटा गाडी भीरमा अड्किएको अवस्थामा छ।

गाडी भएको ठाउँमा समेत पुग्‍न कठिन भइरहेको छ। घटनास्थलबाट दुईजनाको शव भेटिएको छ भने एकजनालाई घाइते अवस्थामा उद्वार गरिएको छ। अहिले नेपाली सेना, नेपाल प्रहरी र स्थानीय उद्वारमा जुटिरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

गाडी भएको ठाउँमा पुग्‍न नसकिएको उनले बताए। माथिबाट ढुंगासहितको पहिरो खस्ने क्रम नरोकिएकोले उद्वार कार्यमा कठिनाई भएको उनले बताए। घटनाबारे थप विवरण आउन बाँकी छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.