|

पर्वत : गण्डकी प्रदेशका विभिन्न चार जिल्लामा शुक्रबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै गण्डकीमा संक्रमितको संख्या ७९२ पुगेको छ।

कोरोना नियन्त्रण तथा रोकथाम गण्डकी प्रदेशका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. बिनोदबिन्दु शर्माले शुक्रवार बिहान विज्ञप्ति जारी गर्दै तनहुँ, स्याङ्जा, बाग्लुङ र नवलपरासीमा २५ जनामा संक्रमित थपिएको पुष्टि गरेका हुन्।

प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँको व्यास नगरपालिकाका ४९ र ३० वर्ष उमेरका दुईजना पुरुष, स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका २८ वर्षीय एकजना पुरुष र बाग्लुङको बरेङ गाउँपालिकाका २३ वर्षीय एकजना पुरुषमा संक्रमण पुष्टि भएको हो।

यस्तै, भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिकाका ५३, ३४, २३, ३५, ५२, ५२ र २५ वर्ष उमेरका सातजना पुरुष तथा कावासोती नगरपालिकाका २४, २४, ३०, ३३, ३०, ३५, २२, १८, २९, ५८, ३५ र १८ वर्षका १२ जना पुरुष तथा ३७ र २५ वर्ष उमेरका दुईजना महिलामा पनि कोरोना संक्रमण देखिएको हो।

सम्बन्धित जिल्लाका क्वारेनटाइनमा रहेका उनीहरूलाई आइसोलेसनमा सार्ने तयारी भइरहेको पनि निर्देशनालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.