|

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अझै १६ वर्षसम्म शक्तिमा रहन पाउने गरी जनमत आएको छ। झन्डै एक साता लामो मतदानपछि बिहीबार सार्वजनिक नतिजाअनुसार राष्ट्रपति पुटिन सन् २०३६ सम्म उक्त पदमा निरन्तर रहनेछन्।

पुटिनलाई लामो समय शक्तिमा राख्ने गरी बनाइएको नयाँ संवैधानिक व्यवस्थाको पक्षमा ठूलो मत परेको हो। नयाँ मतादेशले रुसको संविधानमा केही संशोधन भएको छ। मतदानबाट अनुमोदन भएको संविधानमा राष्ट्रपति पुटिनलाई थप दुई कार्यकाल शक्तिमै रहने व्यवस्था गरिएको छ। प्रत्येक कार्यकाल ६ वर्षको हुनेछ।

धेरै बच्चा जन्माउनेलाई सुविधा दिने रुसी राष्ट्रपति पुटिनको घोषणा

राष्ट्रपति पुटिनको अहिलेको कार्यकाल आगामी सन् २०२४ मा सकिने थियो। तर, संविधानको नयाँ व्यवस्थाले थप ६ वर्षे दुई कार्यकाल थपेकाले उनको कार्यकाल सन् २०३६ सम्म सुनिश्चित भएको हो। ६७ वर्षीय पुटिनले रुसमा दुई दशकदेखि शासन गर्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.