|

काभ्रेपलाञ्चोक :   काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ५ मा अज्ञात समूहले गोली चलाएर करोडौँको बुद्धचित्त लुटपाट गरेका छन्। 

रोशीस्थित सिपाली नागबेली निवासी बीरबहादुर तामाङको एउटा रुखमा फलेको बुद्धचित्त गोली चलाएर लुटेका हुन्।  प्रहरीका अनुसार हातहतियारसहित पुगेका ३०÷४० जनाको समुहले एसएमजी जस्तो देखिने २ थान, पेस्तोल जस्तो देखिने २ थान, कटुवा पेस्तोल १० थान, सकेट बम ३ थान र खुकुरी ७ थान लिएर ती समूह पुगेका थिए। 

उनीहरुले सकेट वम एक थान पड्काई बुद्धचित्त माला कुर्न बसेकाहरुलाई निर्घात कुटपिट गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी कुमार विक्रम थापा भन्छन्, ‘घट्ना भएको हो, म अहिले घट्नास्थलतर्फ जाँदैछु।’

गएराति ती समुहले स्थानीय दिल बहादुर तामाङ र वीरबहादुर तामाङको घरसमेत तोडफोड गरेको छ। उनीहरु गएराति अन्दाजी साढे १० बजेको समयमा त्यहाँ पुगेका थिए। 

१६ थान मोबाइल पनि लुटे 

घट्नास्थललाई प्रहरीले नियन्त्रणमा राखेको छ। झडपका क्रममा ४ जना गम्भिर घाइते भएका छन् भने एकजना सामान्य छन्। घाइते हुनेहरुमा श्याम लामा, जितबहादुर तामाङ, बाबु लामा, शेखर लामा, वाङटुब लामा छन्। 
घाइतेहरुको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.