|

लमजुङ : एक घर एक धारा अभियानलाई तीव्रता दिँदै आएको बेसीशहर नगरपालिकाले बेसीशहर   नगरपालिका ५ नाल्मा गैरीगाउँमा घरघरै धारा पुर्‍याएको छ।

बेसीशहर नगरपालिकाले चालु वर्षकै बजेट ८ लाख र श्रमदान २ लाख ८१ हजार रुपैयाँ गरी १० लाख ८१ हजारमा गैरीगाउँमा घरघरमै खानेपानीको धारा पुर्‍याएको हो। एक घर एक धारा अभियानबाट ४२ घर लाभान्वित भएका छन्।

गैरीगाउँ खानेपानी एक घर एक धारा खानेपानी आयोजनाको उद्घाटन गर्दै बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले खानेपानी नागरिकका लागि अतिआवश्यकता भएकाले नगरपालिका भित्रका सबै गाउँमा एक घर एक धाराको अभियान सञ्चालन गरेको बताए। उनले पानी जीवन भएकाले खानेपानीको अभाव र समस्या भएका सबै ठाउँमा नगरपालिकाले सहयोग गर्ने बताए।

बेसीशहर नगरपालिका उपप्रमुख लक्ष्मीदेवी अधिकारीले गाउँमा पानीको सुविधा भएसँगै परम्परागत शैलीको खेती प्रणालीभन्दा आधुनिक प्रणालीका खेती गर्नुपर्ने बताइन्। उत्पादनमूलक क्षेत्रमा लागेर आत्मनिर्भर हुन अनुरोध गर्दै उनले  युवालाई, महिलालाई स्वरोजगार बनाउन नगरपालिकाले अनुदान दिँदै आएकाले कृषिमा लाग्नुपर्ने बताइन्। बजारको तरकारी गाउँमा ल्याउन छोडेर गाउँमा उत्पादन गरेको तरकारी बजार पुर्‍याउन सके आयआर्जमा सघाउ पुग्ने र घर व्यवहार चलाउन सहज हुने उनको भनाइ  छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.