|

दमक (झापा) : लकडाउनको अवधिमा पनि प्रदेश १ मा सडक तथा सवारी दुर्घटना दर उच्च पाइएको छ। लकडाडउनको बेला अत्यावश्यक सवारी साधन चले पनि दुर्घटनामा परेर प्रदेश १ मा ४१ जनाको मत्यु भएको छ।

गत चैत ११ देखि जेठ ३२ सम्म अर्थात् ८३ औ दिनमा प्रदेश १ का १४ जिल्लामा भएको सवारी दुर्घटनामा परेर पाँच बालबालिका, नौ महिला र २७ पुरुषको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए।

उनका अनुसार मोरङमा सबैभन्दा धेरै १४ जना, झापा र सुनसरीमा ८÷८, ताप्लेजुङमा तीन, इलाम र उदयपुरमा दुई–दुई जना, भोजपुर, संखुवासभा, ओखलढुङ्गा र सोलुखुम्बुमा एक–एक जनाको मृत्यु भएको छ। उक्त समयमा धनकुटा, तेह्रथुम, पाँचथर र खोटाङमा भने सवारी दुर्घटनामा कसैको मृत्यु नभएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका डिएसपी अधिकारीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.