|

मनाङ : अन्नपूर्ण पदमार्ग अहिले सुनसान भएको छ। पर्यटकहरू यो पदमार्ग लमजुङ जिल्लाको सदरमुकाम बेसिसहरदेखि सुरु भई  मनाङका तालगाउँ धारापानी ‍ चामे लोयर पिसाङ अपर पिसाङ हुँदै मनाङ गाउँ ३ दिनमा पुग्ने गर्छन्। जिल्लाकै नामले परीचित यो गाउँ समुन्द्री सतहदेखि ३ हजार ५ सय ४० मिटर उचाईमा रहेको छ।

आँखा अगाडि ऐना जस्तै सेता अन्नपूर्ण हिमालले पर्यटकको मनै लोभ्याउने गर्छ। प्राकृतिक सुन्दरतासँगै यहाँका मानिसका भेसभुषा चाड पर्वलगायत मौलिक परम्परा पनि पर्यटकका रोजाइमा रहेका छन्।  अर्को महत्वपूर्ण पक्ष भनेको विश्वको सर्वाधिक उचाईमा रहेको तिलिचो ताल पनि हो। यो ताल समुद्री सतहदेखि ४ हजार ९ सय १९ मिटर उचाईमा छ। यसको अवलोकनका लागि पनि यहाँ पर्यटकको घुइँचो लाग्ने गर्छ।

यी सबैको अवलोकनसँगै १० दिनको मनाङ बसाइपछि थोराङ्ला भञ्ज्याङ पासगरी मुस्ताङको मुक्तिनाथ पुग्छन् पर्यटक।

सन् २०१८ मा ३० हजार र सन् २०१९ मा २९ हजार बिदेशी पर्यटकले यो पदमार्गमा आएका अन्नपूर्ण संरक्षण क्षेत्र मनाङ तथ्यङ्कमा उल्लेख छ।   पर्यटन प्रवर्धनका लागि नेपाल सरकारले नेपाल भ्रमण बर्ष २०२० घोषणा गरेर उद्घाटन गरे सँगै मनाङमा पनि पर्यटकको चहलपहल सुरु हुन थालेको थियो ।

विश्वभर फैलिएको कोभिड १९ अर्थात कोरोना भाइरसको माहमारी र नेपाल सरकारले गरेको लकडाउनका कारण अहिले यो पदमार्ग सुनसान भएको छ। भ्रमण वर्ष सुरु एकताका जनवरीमा मनाङमा आउने पर्यटक र मनाङका ठाउँका केही झलकहरू :

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.