|

इलाममा : यहाँ आज शुक्रबार २ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् भने पाँच जना संक्रमित थपिएका छन्। कोरोनालाई जितेर फर्किनेहरूलाई सूर्योदय नगर उपप्रमुख दुर्गादेवी भट्टराई र वडाध्यक्ष पेमा उगेन लामाले अबिर र खादा लगाएर बिदाइ गरेका छन्।

थपिएका संक्रमितहरुमध्ये ३ जना ओमन र १ जना भारत र एकजना साउदी अरबबाट नेपाल आएका हुन्। भारतबाट आएर सूर्योदय नगरपालिका–२ पशुपतीनगर क्वारेन्टाइनमा रहेका २७ वर्षीय पुरुष, ओमनबाट आएका सूर्योदय नगरपालिका–३ का ३० वर्षीय र २८ वर्षीय पुरुष, इलाम नगरपालिका–८ का ४८ वर्षीय पुरुष र साउदी अरबबाट आएका सूर्योदय नगरपालिका–७ का ३० वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको थियो।

भारतबाट आएकाबाहेक ४ जना कन्यामको कृष्णाश्रम क्वारेन्टाइनमा रहेका थिए। उनीहरुलाई उपचारको लागि मोरङको गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको अस्पतालमा उपचारको लागि पठाइएको सूर्योदय नगरपालिका–१० का वडाध्यक्ष लामाले बताए।

उनीहरुको ५ दिन अघि स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो। आज थपिएका ५ जनासँगै इलाममा कोरोना संक्रमितको संख्या ७ जना पुगेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.