|

लमजुङ : लमजुङमा कोरोना भाइरस संक्रमण देखिएका तिन जना घर फर्किएका छन्। गत सोमबार कोरोना संक्रमण देखिएका पाँचजना मध्ये पछिल्लो पटक पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घरपठाइएको हो।

कोरोना जितेर घर फर्कनेहरुमा मध्यनेपाल नगरपालिका वडा नं. ४, ६ का क्रमश २०, ४२ बर्षिय पुरुष र बेसीशहर नगरपालिका वडा नं. ३ का २१ बर्षिय महिला रहेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ।

बेसीशहरको सहजी करेनटाईनमा रहेका तिनैजनालाई कोरोना संक्रमण देखिएसँगै जिल्ला सामूदायिक अस्पतालको करेनटाईनमा राखिएको थियो। आईशोलेसनबाट नै पुनः दोश्रोपटक स्वाव संकलन गरि पक्षिणका निम्ती पोखरा पठाइएकोमा शुक्रबार साँझ उनिहरुको रिपोर्ट नेगेटिभ आएको थियो। रिपोर्ट नेगेटिभ आएसँगै शुक्रबार साँझ उनीहरुलाई घर पठाईएको हो। 

शुक्रवार मात्र लमजुङमा ६ जना थप संक्रमित पुष्टि भएका छन्। यो संगै जिल्लामा हालसम्म कोरोना संक्रमित हुनेहरुको सँख्या १६ जना पुगेको छ। बाँकी १३ जना मध्ये १० जना जिल्ला सामूदायिक अस्पतालको आईशोलेसनमा र तिनजना जिल्ला समन्वय समितिको सभाहलमा बनाइएको आईशोलेसनमा रहेका छन्। आईशोलेसनमा रहेका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताए।

 यसअघि लमजुङ स्थायी ठेगान भएको २ जना सुर्खेत प्रयोगशालामा संक्रमित पुष्टि भएको थियो भने लमजुङको सुन्दरबजार स्थायी ठेगान भई काठमाडौं वनस्थली बासोबास गर्दे आएको ३ बर्षिय बालकमा पनि संक्रमण पुष्टि भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.