|

जुम्ला : वर्षायाम सुरु भएसँगै जुम्लाका भेंडीगोठहरु पाटन क्षेत्रमा सार्न थालिएको छ। जुम्लाका भेंडापालक किसानले यस सिजनमा पाटन क्षेत्रतिर लान्छन्।

अहिले भेंडीगोठ पाटनतिर सार्ने चटारो भएको तातोपानी गाउँपालिका–७ का किसान मुनबहादुर रावतले बताए। ‘हाम्रा पहिलेदेखिका खर्कहरु छन्,’ उनले भने, ‘असारदेखि पाटनमा हरियाली हुन सुरु भइसक्यो, सबैले आ–आफ्नो स्थानमा भेडा पुर्याउदै छन्।’

रावतका अनुसार गर्र्मी छल्न पाटन उक्लेका भेंडाहरु चार महिनापछि बेँशी फर्काइन्छ। 

नयाँ पुस्ताले चासो दिँदैनन्

यहाँका बासिन्दाले परापूर्वक कालदेखि भेंडा पाल्दै आएका छन्। तर, पछिल्लो समय भेंडा पाल्ने किसान कम हुँदै गएको छ। नयाँ पुस्ताले भेंडापालनमा चासो नदेखाएका कारण यस्तो अवस्था आएको हो।

बढ्दो जनसंख्याका कारण वन फडानी हुँदा चरण क्षेत्र पनि घट्दै गएको छ।  आम्दानी राम्रो हुने भए पनि दुःख भने धेरै हुने भएकाले पनि नयाँ पुस्ताको ध्यान भेंडापालनमा नभएको तातोपानी–७ का पे्रमबहादुर रावलले बताउँछन्। पाटनमा पानी र असिनासँग भिज्दै, घाममा सेकिँदै भेडाको रेखदेख गर्नुपर्ने कमल कुँवर बताउँछन्।

मारमा किसान

जुम्लामा २०७० सालमा नितरन्तर परेकोे असिना, पानी र हावाहुरीका कारण करिव ७०० वटा भेंडा मरेका थिए। यसलाई मध्यजनर गरी अहिले पानसय र माझ पाटनमा भेंडालाई ओत लाग्ने चारवटा गोठ निर्माण गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका पशु विकास अधिकृत गोविन्दबहादुर महतले बताए। 

तर, पटकपटक भेडापालक किसानले क्षत पनि ब्यहोर्दै आएका छन्। अविरल वर्र्षासँगैको हावाहुरी र चट्याङले गर्दा भेडा मर्ने गरेका छन्र

पशु अस्पताल तथा पशु सेवा कार्यालयको तथ्यांकअनुसार हाल जुम्लामा ७४ हजार भेंडा रहेका छन्। हिमाली हावा, खनिज तथा पौष्टिक तत्त्वले भरिएका घाँस खाएका, चिसो पानी पिएका भेडाहरुको मासु बढी रुचाइने गरिएको पशु अधिकृत महतले बताए। 

उनले भने, ‘आम्दानी राम्रो छ, भेडा सँख्या घटेको छैन, तर पाल्ने किसान घटेका छन्।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.