कुखुराको लागि पौष्टिक आहार

|

हेटौंडा : बागमती प्रदेशको राजधानी हेटौंडाको ५ नम्बर वडामा बैकुण्ठ लामिछाने शुभारम्भ पोल्ट्री फार्म चलाइरहेका छन्। उनले किसानलाई चिन्तित पारिरहेको सलह भित्रिएको खबर पाउनेबित्तिकै नेपालमै पहिलो चोटी अचम्मको घोषणा गरेका छन्। 

२ हजार ५ सय स्थानीय जातका (लोकल)कुखुरा र २ सय भन्दा धेरै विदेशी कुखुराहरु पालेका लामिछानेले सलह प्रतिकिलो २० रुपैयाँको दरले किन्ने घोषणा गरेका थिए। पछि उनको घोषणा जस्तै प्रदेश नम्बर ५ ले पनि घोषणा गरेको छ।

आईटी क्षेत्रमा १५ वर्ष काम गरेका वैकुण्ठ पछिल्लो समय कुखुरा पालन तथा ह्याचरीतर्फ पनि आकर्षित भएका छन्। उनले सलह नियन्त्रण गर्न धपाएर नभई सखाप पार्नु पर्ने भन्दै जो सुकैले ल्याए २० रुपैयाँ प्रतिकिलो दिने घोषणा गरेका हुन्। उनले शनिबार बिहानै घोषणा गरेका थिए तर केही घण्टामा प्रदेश ५ ले पनि घोषणा गरेपछि उनले खुसी लागेको बताएका छन्। 

कुखुराको लागि पौष्टिक आहार

कुखुरा तथा हाँसको लागि सलह पौष्टिक आहार भएको उनले बताएका छन्। जडिबुटीका पात र खाद्यान्नहरु खाने सलह कुखुरालाई खुवाउने दाना भन्दा बढि पौष्टिक हुने लामिछानेको तर्क छ। 'अहिले कोरोना संकटको कारण दाना उत्पादन कम भएको बेला दानाको मुल्य २५ रुपैयाँ प्रतिकिलो हुन्छ तर दाना भन्दा बढि पौष्टिक तत्व भएको र कुखुरा तथा हाँसले पनि मनपराउने सलह किरालाई हाम्रो फार्ममा जति ल्याईदिएपनि २० रुपैयाँ किन्छु' उनले भने।

उनको फर्ममा फोनबाट अहिले सम्म एकजनाले सम्पर्क गरेको र समाजिक सञ्जालमा धेरैले प्रतिक्रिया दिएको बताएका छन्। लामिछानेले अहिलेसम्म किन्न भने पाएका छैन्न।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.