डडेल्धुरा : सुदूरपश्चिम सरकारले एक केजी सलह कीरा ल्याए २५ रूपैँया दिने भएको छ। प्रदेश सरकारअन्तर्गतको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एक केजी सलह समातेर ल्याए २५ रुपैयाँ दिने निर्णय गरेको हो।
आइतबार धान दिवसको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलन उक्त निर्णय भएको जानकारी दिइएको हो। मन्त्रालयका प्रवक्ता खगेन्द्र प्रसाद शर्मा अनुसार सलह कीराले पुर्याउन सक्ने क्षति कम गर्न विभिन्न उपायमध्ये कीरा संकलन गरेर स्थानीय तहका वडा कार्यालयमा बुझाउनेलाई एक किलोग्रामको २५ रुपैयाँका दरले नगद प्रोत्साहन दिने व्यवस्था गरिएको छ।
सलह कीरा नेपालमा प्रवेश गरेसँगै प्रदेश सरकारले यसको प्रकोप रोक्न तत्कालै कदम चालेको हो। अन्य प्रदेशमा उक्त कीरा देखिएपनि सुदूरपश्चिम प्रदेशमा भने भेटिएको छैन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।