|
फोटो सौजन्य : पत्रकार अमृत गिरी

रुपन्देही : नेपालमा प्रवेश गरेको सलह नियन्त्रणमा लिन सरकारले विभिन्‍न उपाय सुझाइरहेको छ। यस्तै उपाय प्रदेश ५ सरकारले शनिबार सुझाएको थियो। प्रदेश ५ सरकारले शनिबार एक केजी सलह समात्नेलाई २० रुपैयाँ दिने निर्णय गरेको थियो। 

प्रदेश ५ सरकारले सलह समातेर नजिकको वडा कार्यालयमा बुझाएमा रकम दिइने बताएको थियो। प्रदेश सरकारले घोषणा गरेको भोलिपल्ट बुटवल महानगरपालिका वडा नम्बर ४ को कार्यालयमा पुगेपछि ८ केजी ३ सय ग्राम सलह बुझाएर दुई जनाले १७० रुपैयाँ बुझेका छन्। 

बुटवल उपमहानगरपालिकास्थित लक्ष्मी नगरका अच्युत न्यौपानेले ५ केजी र सविना थारूले प्लास्टिकको झोलामा तीन केजी तीन सय ग्राम सलह समातेकी थिइन्। उनीहरुले  आठ केजी  तीन सय ग्राम सलह ल्याएपछि वडा कार्यालयले उपमहानगरपालिकाको कार्यालयलाई सिफारिस गरेपछि उक्त रकम पाएका हुन्। 

बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष टंकप्रसाद पराजुलीले बाँसघारीमा बसेर पानीले भिजेपछि झरेका सलह दुवैजनाले टिपेर ल्याएपछि उक्त रकम भुक्तानीको सिफारिस गरिएको बताए। 

साढे आठ केजी सलह बराबर न्यौपानेले उपमहानगरबाट एक सय रुपैयाँ र थारूले ७० रुपैयाँ बुझेकी छन्। महानगरले ती सलह कुखुरा पालक किसानलाई दानाका रुपमा प्रयोग गर्न दिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.