|

हेटौंडा : यो वर्ष बागमती प्रदेशमा २३ दशमलव ५ प्रतिशत रोपाईँ भएको छ। असारको आधा महिना अर्थात् असार १५ गते सम्ममा कुल धान उत्पादन हुने क्षेत्रको जम्मा १ लाख ३७ हजार २ सय ३८ हेक्टर जमिन मध्ये ३१ हजार ५ सय ६३ हेक्टर रोपाईँ भएको हो।

गत वर्षको तुलनामा यो वर्ष छिटो रोपाईँ भएको बागमती प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। बागमती प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीका अनुसार यो वर्ष जेठ देखि नै वर्षा भएकोले रोपाइँ छिट्टै सुरु भएको हो। 

उनका अनुसार गत वर्षको तुलनामा यो वर्ष किसानलाई वर्षाले साथ दिएको छ। “प्राकृतिक रुपमा यो वर्ष धान खेतिगर्ने किसानहरुलाई पानीको समस्या छैन, रोग नआएमा गत वर्षको तुलनामा यो वर्ष उत्पादन पनि बढ्न सक्छ तर यसको आंकलन ७० प्रतिशत भन्दा धेरै क्षेत्रफलमा रोपाईँ भएपछि मात्रै गर्न सकिन्छ।”

गत वर्ष बागमती प्रदेशमा १ लाख ३१ ८ सय ८३ हेक्टरमा धान खेति भएको थियो भने प्रति हेक्टर ३९ सय केजिका दर धान उत्पादन भएको बागमती प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.