|

काठमाडौं : विश्वमा जब नयाँ सरुवा रोगहरु देखापर्छ, बालबालिका र वृद्ध  सबैभन्दा बढी जोखिममा रहन्छन्। उनीहरू जोखिममा मात्र रहँदैन,यही जोखिमले  परिवार हुँदै समुदायमा समेत त्यस्ता रोग फैलन सक्छन्। तर, कोभिड-१९ को जोखिम यो उमेर समूहको व्यक्तिलाई कम देखिएको अध्ययनले देखाएको छ। 

पहिलोपटक चीनमा देखिएको कोरोना भाइरस बालबालिकामा  सबैभन्दा कम देखिएको चीनमा एक अध्ययनले देखाएको छ। १ सय १९ वटा प्रयोगशालामा २ हजार १ सय ३३ बालबालिकाको  परीक्षण गरिएको थियो। जसमा ९० प्रतिशतभन्दा बढी बालबालिका हल्का र मध्यम खालको लक्षण देखिएको थियो।

नेपालमा पनि १० वर्ष मुनिका बालबालिका र ८० वर्षभन्दा माथि रहेका मानिसमा कोभिड-१९ को लक्षण कम मात्रामा देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समाचार तयार पार्दासम्मको तथ्यांकअनुसार नेपालमा देखिएका १३ हजार दुई सय ४८ संक्रमितमध्ये ८० वर्षभन्दा माथि रहेका ४  जना र १० वर्षभन्दा कम उमेरका ४ सय ४१ बालबालिकामा  कोरोना पोजिटिभ देखिएको छ। जसमा सबैभन्दा बढी उमेर समूहमा पुरुष ३ र महिला १ जना छन्। कर्णालीमा १,गण्डकीमा २ र बागमतीको काठमाडौंको १ महिला रहेकी छन्।

त्यसैगरी,  १० वर्ष भन्दा कम उमेर समूहका ४ सय ४१ बालबालिकामा कोरोना पोजेटिभ देखिएको छ। २ सय ८१ बालक र १ सय ६० बालिका रहेका  छन्। सबैभन्दा  बढी सुदूरपश्चिमका १ सय ४२ बालबालिकामा कोरोना देखिएको छ। ५६ बालिका र ८६ जना बालक रहेका छन्।

प्रदेश २ मा १ सय ८ बालबालिकामा संक्रमण देखिएको छ।   त्यसमध्ये बालक ७६ र बालिका ३२ छन्। प्रदेश ५ मा १ सय ७ बालबालिका जसमा ४६ बालिका र ६१ बालक रहेका छन्। कर्णाली प्रदेशमा ११ बालिका र ३२ बालक गरेर ४३ जना छन्। गण्डकी प्रदेशमा २२ जना,बालिका ७ र बालक १५।प्रदेश १ मा १३ जना, बालिका ७ र बालक ६। बागमती प्रदेशमा १ बालिका र ५ बालक छन्।

वृद्ध र बालबालिकामा किन कम?

कोरोना पुष्टि भएको  अन्तर्राष्ट्रिय अनुभव हेर्दा पनि बालबालिकामा कम संक्रमित पाइएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च डा. शेर बहादुर पुन बताउँछन्। नेपालमा अहिलेसम्म कोरोना पोजेटिभ देखिएकाहरू अधिकांश विदेशबाट २१ देखि ३० वर्ष उमेर समूहकाहरू रहेको उनले बताए।

'समुदायमा संक्रमण फैलिइनसकेका  कारण पनि बालबालिका र वृद्धमा कम संक्रमण देखिन हो,' उनले भने,' विदेशबाट आएकाहरू अधिकांश नेपाली क्वारेन्टाइनमा बसेर सजगता अपनाएको कारण पनि संक्रमण सर्नबाट जोगिएको हो।'

धेरैजसो नेपालीहरूमा भारतमा र कतिपयलाई बाटोमा आउँदा पनि लागेको हुन सक्ने उनको अनुमान छ। तुलनात्मक रुपमा नेपालमा परीक्षणको दायरा पनि कम भएर पनि नदेखिएको हुन सक्ने उनले बताए। रोग प्रतिरोधात्मक क्षमता उच्च हुने भएकोले पनि अहिलेको २१ देखि ३० वर्ष उमेर समूहकालाई खासै प्रभाव पार्न नसकेको पनि उनले बताए।

घर परिवारको बालबालिका र वृद्धवृद्धालाई बचाउनको लागि बाहिरबाट जाँदा दूरी कायम गर्ने, मास्कको प्रयोग गर्ने र साबुनपानीले हातधुने गर्नुपर्ने उनले सुझाव छ। दीर्घ रोग भएका व्‍यक्ति तथा परिवारका सदस्‍यहरूलाई विशेष ख्याल गर्नुपर्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.