बर्दिया : बारबर्दिया नगरपालिकाले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई एमबिबिएस डाक्टर पढाउने भएको छ। नगरका विद्यार्थीमध्ये एक जना गरिब, विपन्न तथा जेहेन्दर विद्यार्थीलाई एमबिबिएस पढाउने कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ।
विज्ञान विषय लिएर १२ कक्षा पास गरी एमबीबीएस पढ्न प्रवेश परीक्षामा नाम निकाल्न सफलमध्ये एकलाई यो अवसर दिइने नगरपालिकाले जनाएको छ। नगरपालिका शिक्षा शाखा अधिकृत टीकानाथ गोसाईका अनुसार अध्ययन पूरा गरेर आएपछि आफनै नगरमा रोजगार उपलब्ध गराउने नगरको योजना छ । योजनअनुसार डाक्टर बनेको २ वर्ष आफनै नगरमा सेवा गर्नुपर्ने छ।
०७७/७८ देखि हरेक वर्ष नगरका एक जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई एमबिबिएस पढाइने नगरको योजना छ। यसका लागि नगरपालिकाले ०७७/७८ को लागि पहिलो वर्षका लागि १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । पढाइका लागि हरेका वर्ष बजेट छुट्याइँदै जाने नगरपालिकाले जनाएको छ । ५ वर्षको अध्ययन अवधिमा करिब ४५ लाख रुपैयाँ खर्च हुने नगरको अनुमान छ ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।