|

एजेन्सी : इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । इराकको राजधानी बग्दादमा भएको ड्रोन हमलामा मारिएका आफ्ना सैन्य कमाण्डरको हत्याको आरोपमा इरानले ट्रम्पसहित दर्जन बढीविरुद्ध पक्राउ पुर्जी जारी गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । उक्त घटनामा संलग्न अन्यको भने इरानले आरोपमा नाम उल्लेख गरेको छैन। 

इरानको राजधानी तेहरानका अली अलकासिमेहरले कुदृस फोर्सका प्रमुख कासिमको हत्यामा सोमबार ट्रम्पसहित झण्डै ३० जना संलग्न रहेको आरोपसहित पक्राउ पुर्जी जारी गरिएको पुष्टि गरेकाे हाे। 

अलकासिमेहरले ट्रम्प पदमा रहे पनि नरहे पनि उनीविरुद्धको मुद्दा चल्ने अलजजिराले जनाएको छ। गत जनवरीमा भएको अमेरिकी ड्रोन हमलामा इरानी कुदृस फोर्सका प्रमुख कासिम सुलेमानीको ज्यान गएको घटनामा इरानले ट्रम्पलाई दोषी ठह¥याएको छ। राष्ट्रपति ट्रम्पकै निर्देशनमा उक्त हमला भएको इरानले ठहर गरेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.